कञ्चनपुरका वाढी प्रभावित क्षेत्रमा जिल्ला समन्वय समितिको अनुगमन

महेन्द्रनगर । कञ्चनपुरका वाढी प्रभावित क्षेत्रमा जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । मंगलवार दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनरवास नगरपालिकाका वाढी प्रभावित क्षेत्रहरुमा अनुगमन गरिएको हो । असार २१,२२ र २३ गते आएको अविरल वर्षाले कञ्चनपुरका अधिकाँस क्षेहरु डुवानमा परे भने ५ जनाको मृत्यु भएको थियो ।

देशैभरमा कञ्चनपुरमा अत्यधिक वर्षा मापन गरिएको थियो । मंगलवार समन्वय प्रमुख दुर्गादत्त बोहरा, उपप्रमुख रामकुमारी राना समन्वय अधिकृत र पत्रकारहरुले संयुक्त रुपमा अनुगमन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख बोहराले कञ्चनपुरमा आएको लगातारको वर्षात पछि आएको बाढीले गरेको क्षतीको अनुगमन गर्न अहिले विभिन्न क्षेत्रमा आफनो टोली सक्रिय भएको बताउनु भयो ।

अहिले बाढीबाट प्रभावित दोधारा चादनी, बेलडाँडी, बेलौरी, र पुनरवासमा गएर के कस्तो क्षती भएको छ आगामी दिनमा रोकथाम गर्न के गर्न सकिन्छ र तत्काल गर्न सक्ने समाधानका उपायहरु खेज्न पनि आफुहरु प्रभावित क्षेत्रमा गएको बताउनु भयो । स्थानियहरुले आफनो घर टहराहरु खोला नदीको छेउमा मास्ने गरी निर्माण गरिएको अवस्था भएर पानीको उचित निकास नभएर वहाव परिवर्तन भएर बाढी वस्तीमा पसेको देखिएको बताउनु भयो ।

केही प्राकृतिक कारण पनि देखिएको छ, तर बढी मात्रामा भएको क्षतीमा स्वयम हामी आफै दोषी देखिएको र चुरेको संरक्षण नभएर उच्चतम दोहन भएर पनि अहिले वस्तीमा बाढी पस्ने गरेको बताउनु भयो । अहीले धेरै क्षती भएका स्थानियहरुलाई राहत दिने आफनो घरबार गुमाएका हरुलाई उनिहरुलाई पुर्नस्थापना गर्नुपर्ने पनि देखिएको र कतिपय क्षेत्रमा गुरु योजना निर्माण गरेर काम गर्नु पर्ने आवस्यक्ता रहेको समन्वय प्रमुख बोहराले बताउनु भयो ।

यो अनुगमनले एउटा प्रतिवेदन तयार गरेर प्रदेश र संघिय सरकारालई बुझाएर विपदबाट हुने क्षतीलाई न्युनिकरण गर्न ध्यानाकार्षण गरिने बताउनु भयो । बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले चौधर नदीले बाँध भत्काएर गाँउपालिको वडा नम्वर १, २, ३, ४ र ५ त्यसैगरी बेलौरी नगरपालिकाको वडा नम्वर ७, ८,९ र १० यसैगरी पुनरवासको वडा नम्वर ८ र ९ मा यो बाँधले क्षती गरेको जानकारी दिनु भयो ।

बेलडाँडीमा ३५ सय परिवार बाढीबाट प्रभावित भएको १ हजार विश्थापित भएको र २ सय ५० जनाको घरबार पनि नरहेको बताउनु भयो । विगतमा पनि यो २०६४ मा यो क्षेत्रमा बाढी आएर यसरी नै दुख दिएको र आफनो पालिकामा यसकोदिगो समाधानका लागी बजेट नभएर दुख पाईएको बताउनु भयो ।

संघीय सरकार र प्रदेश सरकारले पनि खासै सहयोग नगरेको उहाँले दुखेसो पोख्नु भयो । यसैगरी, पुनरवासका नगर प्रमुख तोयराज शर्माले आफनो पालिकामा सबै भन्दाबढी जनधनको क्षती भएको बताउनु भयो ।

बाढीमा ३ जना बालिकाको मृत्यु भएको र अहिले सम्म १ हजार १ सय ७२ जना बाढीबाट प्रभावित रहेको बताउनु भयो । अहिले आफुहरुले उहाँहरुलाई उद्धार गरे ल्याएपछि पनि खाना बस्नको व्यवस्थापन गरीरहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.