महेन्द्रनगर । युवा समाजसेवी विनय प्रकाश मल्लले ७७ जना आमा बुवा गुमाएका विद्यार्थीहरुलाई ट्रयाकसुट तथा शैक्षिक सामग्रीहरु सहयोग गर्नु भएको छ । आफनो व्यक्तिगत तर्फबाट डडेल्धुराको परशुराम नगरपालिकामा आमाबुवा गुमाएका ७७ जना अध्यननरत विद्यार्थीहरुलाई सहयोग गर्नु भएको हो ।
एक कार्यक्रमको आयोजना गर्दै विश्व हिन्दु युवा संघ जिल्ला कार्य समिती डडेल्धुरा मार्फत उक्त सामग्रीहरु वितरण गरिएको हो । उक्त कार्यमा प्रत्यक्ष ,अप्रत्यक्ष रूपमा सहयोग गर्ने विश्व हिन्दु युवा संघ ,जिल्ला कार्य समिती डडेल्धुरा लगाएत सबैजनालाई समाजसेवी मल्लले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
परशुराम नगरपालिका– ७ सिद्धनाथ मावि मलास, पिपलकोटमा ३ जना, परशुराम नगरपालिका ९ को मदन आश्रीत का ६ जना,। परशुराम नगरपालिका १,को श्री जनज्योति आधारभूत विद्यालय सिमल्टाका २ जना, परशुराम नगरपालिकाको ५मा श्री भुवनेश्वरी नमुना मावि परीगाउका ३ जना विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।
यसैगरी, परशुराम नगरपालिका४ को श्री शिव पार्वती मावि कटालमा १० जना, परशुराम नगरपालिका १ श्री कैलपाल मावि बोडामा ५ जना, श्री भागेश्वर माविमा १६ जना, परशुराम नगरपालिका ४को श्री भागेश्वर मावि कटालमा ५ जना परशुराम नगरपालिका ३ मा श्री भागेश्वर मावि शीर्षमा ३ जना विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।
परशुराम नगरपालिका ७ को श्री शिवशंकर मावि सादनीमा ४ जना, परशुराम नगरपालिका १२ को श्री शैलेश्वरी मावि तुलाभाडीमा ६ जना, परशुराम नगरपालिका ९ को श्री जनज्योति माध्यमिक विद्यालय गाईवाधेमा ५ जना, परशुराम नगरपालिका १२ को श्री सिद्धनाथ माध्यमिक विद्यालय जयपुरमा ५ जना, परशुराम नगरपालिका १० को श्री सीताराम मावी कुर्मूलेमा १ जना, ४ श्री समैजी परशुराम नगरपालिका आधारभूत विद्यालय रज्यौडामा १ जना,परशुराम नगरपालिका १२ को श्री सिद्धनाथ आधारभूत विद्यालय बेत्रानीमा १ जना, र परशुराम नगरपालिका १२ श्री ग्रीन भ्याली बोर्डिंग स्कुल लालढुंगामा १ जना गरी ७७ जनालाई उक्त सामग्रीहरु वितरण गरिएको हो ।
हाल जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् । साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।
उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।
सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन । जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।
Comments are closed.