महेन्द्रनगर । कञ्चनपुर निर्माण व्यवसायीको कञ्चनपुरमा लगभग १ अर्ब रकम उठन बाँकी रहेको छ । अहिले भुक्तानी बाँकी रहेका कार्यालयहरुमा तालाबन्दी गर्दै आउका छन् । मंगलवार महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी गरेका छन् भने, बुधवार जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्वर ७ मा तालाबन्दी गरिएको छ । उक्त कार्यालयबाट ४ करोड रुपैँया उठन बाँकी रहेको पाईएको छ ।
जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्वर ७ का कार्यालय प्रमुख श्रिप्रशाद शाहले यो वर्षमा ४ करोड तिर्न बाँकी रहेको बताउनु भयो । महाकाली पुलको ३ करोड मोहना दोदाको १ करोड तिर्न बाँकी रहेको जानकारी दिनुभयो । काम सम्पन्न भएरपनि आफुहरुले भुक्तानी दिन नसकेर यो समस्या भएको उहाँले बताउनु भयो । यसका लागी छुट्टै अर्काे बजेट निकाशा भयो भने मात्रै समाधान हुने बताउनु भयो ।
अहिले ३ वटा फर्मको भुक्तानी दिन बाँकी रहेको जस्मा महाकाली पुलको काम गर्ने शंकर जोशी निर्माण कम्पनीलाई ३ करोड, दोदामा रतला चन्द्र तारा जेबीलाई ५० लाख र मोहनामा रतला उग्रतारा जेवीको ५० लाख गरी सम्पन्न भईसकेका योजनाको ४ करोड भुक्तानी दिन बाँकी रहेको बताउनु भयो ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गत आर्थिक बर्ष ०८०÷०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । ‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन ।’ अध्यक्ष भट्टले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने संघारमा पुगेको बताए ।
अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका सबै कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन् । व्यवसायीको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ । नेशनल कस्क्ट्रक्सन प्रालिका संचालक एव संघका कोषाध्यक्ष दीपक भट्टले गत आर्थिक बर्ष मात्रै नभई त्यस अघिका आर्थिक बर्षमा पनि निर्माण व्यवसायीले गरेका कामको कार्यालयले भुक्तानी गर्न बाँकी रहेको बताए ।
महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार ७ निर्माण कम्पनीको ४०करोड, ८४लाख, ४६ हजार, ४७१ रुपैया भुक्तानी गर्न बाँकी छ । लुम्बिनी स्वच्छन्दबन्दन भगवती भेजीको १४ करोड, ३० लाख, ८९४ रुपैया, आरोग्य भेगिम सोसाईटी जेभीको १ करोड, ८ लाख, २४ हजार ३९८ रुपैया, गाल्वा निर्माण सेवा प्रालिको ३ करोड, २१ लाख, ७३ हजार, ५सय ७ रुपैया, बराह डेभलपर्स प्रालिको ४ करोड,
८२ लाख, ४९ हजार, ४५९ रुपैया, केएस कन्स्ट्रक्सन प्रालिको ७ करोड, १५ लाख, ९८ हजार ७४० रुपैया, नेपाल आर्दश÷तेज जेभीको ५ करोड, ४१ लाख, १९ हजार ५८४ रुपैँया र गीता साकुरा पावर जेभीको १६ करोड, ९१ लाख, ७९ हजार, ८८४रुपैया भुक्तानी गर्न बाँकी छ ।
Comments are closed.