महेन्द्रनगर । सडक दुर्घटनामा परी मृत्युु भएका शुक्लाफाँटा नगरपालिकाका कर्मचारी रूद्र बहादुर ओलीका परिवारलाई नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले आर्थिक सहयोग गरेको छ ।
शनिबार कर्मचारी संगठनका प्रदेश सहासचिव महादेव जोशी र जिल्ला अध्यक्ष मान बहादुर चन्द सहित पदाधिकारीहरूको टोलीले मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिका(५ बनसमिति स्थित घरमै पुगेर किरिया खर्च २१ हजार रूपयाँ सहयोग गरेको हो ।
मृतक ओलिका परिवारलाई भेटेर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै किरिया खर्च स्वरूप नगद २१ हजार रूपयाँ आर्थिक सहयोग गरिएको नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले बताउनु भयो । उनले भने “हामिले एक कुशल राष्ट्रसेवक कर्मचारी गुमाएकोमा दुखित छौ, यस दुखद् घडिमा सान्तोना स्वरूप परिवारलाई संगठनको तर्फबाट परिवारलाई आर्थिक सहयोग संगै मृतक प्रती श्रद्धाञ्जली र परिवारमा समवेदना दियौ ।”
बुधबार बेलुका अन्दाजि ७ : ३० बजेको समयमा भीमदत्त नगरपालिका–४ भाँसी क्षेत्रमा दुई मोटरसाईकल एक आपसमा ठेक्कीदा दुर्घटनामा परी ओलीको मृत्यु भएको थियो ।
ओलीले चलाएको म १ प ११४५ र हरिदत्त जोशीले चलाएको म २ प ७२७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा उनको घटनास्थलमै मृत्यु भएको हो । जोशी सामान्य घाईते भएका थिए । उनी भिमदत्त नगरपालिकाका कर्मचारी हुन ।