महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिम सम्पन्न भएको छ । वेदकोट नगरपालिकालको आयोजनामा र काठमाडौं विश्वविद्यालयका एआई विभागका विभागिय प्रमुख डा. यज्ञराज पाण्डेयको सहकार्यमा तालिम सम्पन्न भएको हो । जेष्ठ २० गतेदेखी सुरु भउको तालिम सावन ४ गते सम्पन्न भएको वेदकोट नगरपालिकाले जनाएको छ ।
उक्त तालिमको प्रमुख प्रशिक्षकमा डा. यज्ञराज पाण्डेय रहेका थिए । प्रशिक्षार्थीहरुले सो सम्बन्धी प्रोजेक्ट तयार गरि नगरपालिकाको सभाहलमा प्रस्तुतिकरण समेत गरेका थिए । विद्यार्थीहरुले प्रस्तुत गरेका प्रोजेक्टहरुमा बालिमा लाग्ने रोग सम्बन्धी पुर्व सुचना दिने ए.आई सिस्टम, फोटोको आधारमा पर्यटकीय स्थलहरुको बिस्तृत जानकारि दिने सिस्टम, व्यापार व्यावसायमा ग्राहकहरुको टिकाउ दर प्रदान गर्ने सिस्टम तथा मानव स्वास्थ्यमा लाग्ने रोगहरु पत्ता लागाउने ए.आई सिस्टम तयार गरि कार्यक्रममा प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमलायृ सम्बोधन गर्दै नगर प्रमुख एवम कार्यक्रमका सभाध्यक्ष भोजराज बोहराले नगर भित्र सूचना प्रविधि अध्ययन गरिरहेका युवाहरूमा प्रयोगात्मक सीप विकास गरि व्यावसायिकरणमा सहयोग पुग्ने बताउनु भयो । यस नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालय सँग एम.ओ.यु गरि कार्यक्रमहरुमा थप सहकार्य गर्दै जाने र नगरपालिकाले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रम तथा तालिमहरूलाई निरन्तरता दिई नगर विकाशका लागि कृषि, शिक्षा, स्वास्थ्य, राजश्व सुधार, पुर्वाधारका साथै अन्य क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने बताउनु भयो ।
उहाँका अनुसार नगरपालिकामा आवश्यक नीति तथा कानुनहरु तयार गरि सेवा प्रवाह प्रभावकारी रुपमा नगरवासीहरुलाई प्रदान गरिने उल्लेख गर्नु भयो । यसैगरी, वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले यो तालिम अत्यन्तै प्रभावकारी रहेको र यस्ता तालिमले विद्यार्थीहरुलाई थप उर्जा प्रदान गरेको आफुले महसुस गरेको बताउनु भयो । प्रविधीको युगमा नयाँ नयाा विधी प्रक्रियाहरुको पनि ज्ञान थप गर्दै आफनो भविश्यमा पनि यी कुराले अती नै महत्व राख्ने बताउनु भयो ।
कार्यक्रम संचालनमा सहयोगी सम्पुर्णलाई धन्यवाद तथा प्रशिक्षार्थीहरुलाई अगामी दिनको शुभकामना समेत दिनुभयो । कार्यक्रममा सहभागी जनाएका सुदूरपश्चिम विश्वविद्यालयका विभागिय प्रमुखहरुले यो तालिम एकदमै प्रभावकारी भएको र उक्त तालिममा अधिकांस सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अवसर प्राप्त गरेकोले यस्ता कार्यक्रमहरु यस क्षेत्रका अन्य स्थानीय सरकारहरुले समेत संचालन गर्नुपर्ने बताएका छन् ।
नगर प्रमुख श्री भोजराज बोहरा ज्युको अध्यक्षतामा तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम संचालन गरिएको थियो भने सो कार्यक्रममा नगर उप–प्रमुख श्री तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत श्री पदम राज भट्ट, तालिम प्रशिक्षक डा. यज्ञ राज पाण्डेय, सुदूरपश्चिम विश्वविद्यालयबाट ईन्जिनियरिङ् विभगिय प्रमुख श्री हरेन्द्र कलौनी, बिएस्सी सि.एस.आईटी विभागिय प्रमुख श्री कर्णदेव भट्ट , सूचना प्रविधि अधिकृत श्री सुनिल चन्द, रोजगार शाखा प्रमुख श्री भोजराज अवस्थी ज्युहरुको आतिथ्यताका साथै प्रशिक्षर्थीहरुको सहभागिता रहेको थियो ।
Comments are closed.