महेन्द्रनगर । क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रले पछिल्लो समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका, वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा सचेततना मुलक कार्यक्रम गर्दै आईरहेको छ । सामुदायिक विद्यालयमा अहिले किशोरकिशोरीका लागी यौन शिक्षा तथा महिनावारीमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरिरहेको हो ।
बुधवार पनि भीमदत्त नगरपालिका १५ मा रहेको श्री निङलाशैनी माध्यमिक विद्यालय, गोवरियामा यौन शिक्षा तथा महिनावारीमा अपनाउनु पर्ने सावधानी सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरीएको हो । कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको छ ।
क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रका जिल्ला संयोजक कोमल जोशीले विद्यालयमा रहेका छात्रछात्राहरुलाई आफनो जिवनमा आईपर्ने विभिन्न यौवन अवस्थाका परिवर्तन महिनावारी हुँदा अपनाउनु पर्ने सावधानी गरिनु पर्ने क्रियाकलापहरुको विषयमा जानकारी प्रदान गरिएको बताउनु भयो । विगतका केही महिनादेखी आफुले सामुदायिक विद्यलायको अनुगमन गरेको बताउनु भयो ।
त्यो बेलामा विषेश गरेर विद्यालयमा रहेका शौचालय र सेनेटरी प्याडको उचित व्यवस्थापन हुन नसक्दा विद्यालयमा विद्यार्थीहरु फोहर वातावरणमा अध्ययन गर्न बाध्य भएको आफुले पाएको र अहिले ती विद्यालयमा सरसफाई, यौन, महिनावारी, सेनेटरी प्याडका विषयमा रहेर सचेतना मुलक कार्यक्रमको आयोजना गरिरहेको बताउनु भयो ।
उहाँले अहिले पनि कतिपय सामुदायिक विद्यालयहरुमा सरसफाईको कमी भएका भौतिक संरचना शौचालयहरुको उचित प्रयोग नगरेको र सेनेटरी प्याडलाई व्यवस्थापन गर्न नजानेको पाईएको बताउनु भयो । अहिले केही विद्यालयहरुले सुधार पनि गरेको पाईएको र आगामी दिनमा पनि बाँकी विद्यालयमा गएर यो कार्यक्रमको आयोजना गरिने क्यानडा नेपाल पर्यटन संस्कृती तथा व्यापार केन्द्रका जिल्ला संयोजक जोशीले जानकारी दिनु भयो ।
विद्यालयका प्रधानाध्यापक भवानी प्रशाद पन्तले संस्थाले आफनो विद्यालयमा आएर स्वास्थ्यसंग सम्बन्धित विषयमा विभिन्न जानकारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले विद्यार्थीहरुको जिवनमा प्रत्यक्ष सरोकार राख्ने विषयमा छलफल गर्दा अति नै प्रभावकारी रहेको र ंस्थाले अन्य विद्यालयमा पनि र आगामी दिनमा पनि यो कार्यक्रम लागु गर्न आग्रह गर्नुभयो ।
यस्तै कक्षा ६ मा अध्ययनरत छात्रा सिजल नेपालीले आफुहरुलाइ महीनावारी हुँदा कसरी सरसफाई गर्ने ? के के खानेकुरा खाने ? समस्या हुँदा के गर्ने ? प्याड कसरी प्रयोग गर्ने ? विषयमा जानकारी पाएको बताउनु भयो । साथै विद्यालयमा लाज नमानेर प्याड माग्नु पर्ने सरसफाईमा विषेश ध्यान दिनु पर्ने जानकारी पाएको विद्यार्थी छात्रा जोशीले बताउनु भयो ।