महेन्द्रनगर । नेकपा एमाले निकट नेपाल निजामती संगठन कञ्चनपुरले शहिदको स्मृति दिवसको अवसरमा अनाथालयमा खाद्यन्न र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ ।
संगठनले शहिदको स्मृति दिवसको अवसरमा विगतका बर्षहरूमा पनि यसरीनै सामाजिक कार्य गरेर मनाउदै आएको र सोहि अनुरूप कार्यक्रमलाई निरन्तरता दिएर बाल अनाथालयमा खाद्यन्न र सरसफाई सामाग्री दिएको नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष मान बहादुुर चन्दले बताउनु भयो ।
कर्मचारीको हक, हित र अधिकारका लागि लडदै गर्दा सहिद भएका मनोज, झपेद्र र सुरेन्द्रको स्मति दिवसमा समाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरी एक साता सम्म मनाउने कार्यक्रम रहेको छ ।
यसै गरी कञ्चनपुरका विभिन्न पालिकामा बृक्षारोपण तथा कार्यालयहरुमा एक हप्ता सम्म बृक्षारोषण,अन्तरक्रिया ,खाधान्न बिततरण ,फलफूल बितरण गरेर श्रावण १५ गते सम्म सहिद सप्ताह मनाउने कार्यक्रम रहेको संगठनका जिल्ला अध्यक्ष चन्दले बताउनु भयो ।
आजको बाल अनाथालयमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द ,प्रदेश उपाध्यक्ष पुष्षा जोशी ,महासचिव माहादेब जोशी ,पेशागत महासंघ राष्ट्रिय समिति सदस्य गंगादत्त जोशी,पेशागत महासंघ जिल्ला अध्यक्ष हर्क बहादुर चन्द पेशागत महासंघ जिल्ला सचिव तिलक जोशीको सहभागिता रहेको अध्यक्ष चन्दले बताए ।