महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा बर्थिङ सेन्टर संचालनमा आएको छ । आईतवार एक कार्यक्रमको आयोजना गर्दै वेदकोट नगरपालिका ७ मा उक्त वर्थिङ सेन्टरको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले उदघाटन गर्नु भएको हो ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख जोशीले महिला दिदिबहिनीहरुलाई स्वस्थ्यमा पहुँच सहज रुपले पुग्न सकोस भनेर बर्थिङ सेन्टरको स्थापना गरिएको बताउनु भयो । धेरै चुनौतीका बावजुद पनि आफुहरुले यहाँ यो वर्थिङ सेन्टर स्थापन गर्र्न सफल भएको बताउनु भयो ।
आमाले स्वस्थ्य र सुरक्षित बच्चा जन्माउनका लागी आवस्यक रहेको यो वर्थिङ सेन्टरमा सबे आमाले आफनो स्वस्थ्य बच्चा जन्माउने अधिकार सुनिश्चित गरोस भन्ने आफनो आग्रह रहेको बताउनु भयो । साथै, आफनो मनमा पहिले नै वर्थिङ सेन्टर खोल्नु पर्छ भन्ने लागको थियो, त्यही भएर प्रक्रियामा गएर आज यो क्षेत्रमा सेन्टर खोल्न सफल भएको बताउनु भयो ।
आवस्यक्ता रहेको भएर नै आज यो क्षेत्रमा आमाहरुलाई सहजता होस भनेर उहाँहरुको स्वास्थ्य परिक्षण राम्रो होस, भनेर र स्वस्थ्य सुरक्षित गर्भवती गर्न होस भनेर यो सेवा सुचारु गरिएको बताउनु भयो । यसलाई निरन्तर रुपमा संचालन गर्न र गुणस्तरिय सेवा प्रदान गर्न कर्मचारी हरु स्वास्थ्यकर्मीहरुले आफनो मिहिनेतका साथमा सेवा दिनु हुनेछ भन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
यसैगरी नगर प्रवक्ता एवम वडा नम्वर ५ का अध्यक्ष चित्रदेव भट्टले अहिले पनि कतिपय क्षेत्र वेदकोट नगरपालिकामा दुर्गम रहेको र सबैलाइृ समान तवरले स्वास्थ्यमा पहुँच दिन नसकेको अवस्थामा पालिकाले आफनो क्षमता अनुसार सबैलाइृ स्वासथइ सेवामा ल्याउनका लागी काम गरिरहेको बताउनु भयो ।
यो वर्थिङ सेन्टनरले सबे आमाहरुलाई राम्रो सेवा दिने र सुरक्षित रुपमा बच्चाको जन्म गराउनमा सक्षम भएर सबैलाई गुणस्तरिय सेवा दिन आग्रह गर्नु भयो । यस्तै, कार्यक्रमका सभाध्यक्ष एवम वडा नम्वर ७ का अध्यक्ष थानेश्वर प्रशाद भट्टले आफनो वडामा वर्थिङ सेन्टर खुल्नु भनेको सारै खुसीको कुरा र अवसर पनि रहेको बताउनु भयो ।
साथै विभिन्न चुनौती हरु रहेपनि यो अवसर को रुपमा आफनो वडामा सेवा दिई रहेको बताउनु भयो । साथै यसलाई निरन्तर रुपमा संचालन गर्न सबैको हातेमालो र समथ र सहयोग को पनि अपेक्षा रहेको बताउनु भयो । अहिले वेदकोट नगरपालिकाको वडा नम्वर ३, वडा नम्वर ५ धरमपुर, र वडा नम्वर ७ सुडामा गरी ३ ठाँउमा यो सेवा संचालनमा रहेको छ ।
Comments are closed.