महेन्द्रनगर । कञ्चनपुरमा ट्रयाक्टरको ठक्करले एक महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको ब्रह्मदेव सडक खण्ड जिरो प्वाईन्ट नजिक मंगलबार विहान ट्रयाक्टरको ठक्करले भीमदत्त नगरपालिका ६ सुखासालकी ३५ वर्षिय पार्वती भट्टको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक नरेश विकका अनुसार विहान करिब ७ः३० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको साईकललाइ बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।
ट्रयाक्टरको ठक्करबाट भट्ट गम्भीर घाइते भएकी थिइन् । वडा प्रहरी कार्यालय कञ्चनपुरले भट्टको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ ।
ट्रयाक्टर चालक भीमदत्त नगरपालिका ३ तिलकपुर वर्ष ३४ का समिर कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान गरिरहेको छ । श्रवाण २ गतेपनि सोही क्षेत्रमा म १ प ११४५ र म २ प ७६७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा शुक्लाफाँटा नगरपालिका–५ बनसमितका रुद्र बहादुर ओलीको मृत्यु भएको थियो ।
Comments are closed.