संजिवनी नेपालले बृहत वृक्षारोपण कार्यक्रम संचालन गर्दै

मशेन्द्रनगर । कञ्चनपुरमा रहेको एक गैर सरकारी संस्थाले बृहत वृक्षारोपण कार्यक्रम संचालन गरिरहेको छ । मंगलवार पत्रकारहरुसंग छलफल गर्दै संजिवनी नेपाल (गैर सरकारी संस्था) ले भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडामा वृक्षारोपण गर्ने जानकारी दिएको हो ।

जिल्ला वन कार्यालयले विरुवा सहयोग गर्ने र पालिकामा करिब १ हजार विभिन्न प्रजातीका विरुवाहरु रोपण गरिने संस्थाका कार्यकारी निर्देशक नितु भट्टले जानकारी दिनु भयो । अहिले बेल, जामुन, अमला, गुलमहर, लगायतका १ हजार विरुवाहरु रोपाण गरिने बताउनु भयो । यो कार्यक्रम महिला संजाल भीमदत्त नगरपालिका र संजिवनीको सहकार्यमा संचालन भईरहेको हो । भीमदत्त नगरपालिकामा महिला धर्ती हुन ग्रामिण सिमान्तकृत महिलाको क्षमता विकास र जलवायु अनुकुलन दीगो अभ्यास’ नयाँ परियोजना संचालनमा ल्याएको बताउनु भयो ।

पछिल्ला बर्षहरुमा जलवायु परिर्वतनका कारण महिलामाथि परिरहेकोको प्रभाव न्यूनिकरण गर्ने उदेश्यका साथ परियोजना संचालनमा आएको बताउनु भयो । १ वडामा ३० देखि ३५ जना सम्म महिला सञ्जाल बनाई १९ वटै वडामा करिब ६ सय ८५ जनाको सञ्जाल बनाईको संञ्जीवनी नेपालकी कार्यकारी निर्देशक भण्डारीले बताउनु भयो ।

सोही सञ्जालको माध्यमबाट भीनपामा रहेका महिला संरक्षण र वातावरण परिवर्तन सम्बन्धी रोकथामको लागि अघी बढने उहाँले जानकारी दिनु भयो । संजीवनी असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षाका कारण विपद्मा परेका परिवारलाई राहत पनि दिदैं आइरहेको छ । संस्थाले ग्रामिण भेग सिमान्तकृत समुदायका महिलाको क्षमता विस्तार, लैङ्गिक हिन्सा न्यूनिकरण, वित्तिय साक्षरता, वडा स्तरका जनप्रतिनिधीको क्षमता विस्तार, विपद् जोखिमबाट बाँच्दै जिविकोपार्जनका कार्यक्रम संचालन गरिरहेको छ ।

संजिवनी नेपालले परियोजना मार्फत सुदूरपश्चिम पैरवी महिला सञ्जाल मार्फत कार्यक्रम संचालन गरेको ग्रामिण भेगका महिलाको समाजिक, आर्थिक बृद्धि विकास गरिने भएको बताए । झण्डै तीन बर्ष ०२६ सम्मै कार्यक्रम संचालन गरिनेछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.