दोधारा चादनीमा हिंस्रक बाघको खोजी गर्न २ वटा हात्तीको प्रयोग

महेन्द्रनगर । दोधारा चादनीमा हिंस्रक बाघको खोजी गर्न हात्तीको प्रयोग गरिएको छ । अहिले उक्त क्षेत्रमा शुक्लाफाँटा निकुञ्जबाट २ हात्ती, नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोलीले बाघको खोजी गरिरहेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक उमेश जोशीले अहिले उक्त सम्भावित क्षेत्रमा हात्तीसहितको टोली सुरक्षाकर्मीहरु पनि बाघको खोजीमा लागेको बताउनु भयो ।

विहिवार आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहान करिब १०ः४५ बजेको समयमा बाघले एक्कासि आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ०२ कमलशा टोल बस्ने २० वर्षीया हिरा शाहको मृत्यु भएको थियो ।

सम्बन्धित

Comments are closed.