वेदकोट उपप्रमुख जोशीद्वारा हजुर आमाको स्मरणमा वृद्ध आश्रममा फलफुल वितरण

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ रौटेलामा रहेको वृद्ध आश्रममा फलफुल वितरण गरिएको छ । विहिवार वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफनो हजुरआमाको दोस्रो स्मृतीका अवसरमा श्री वैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका वृद्ध आमाबुवाहरुलाई फलफुल वितरण गर्नु भएको हो ।

आफनो हजुरआमा स्वः हरीदेवी भट्टलाई श्रद्धान्जली अर्पण गर्दै उहाँको स्मरणमा जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नु भएको हो । आफनो हजुरआमा पनि वृद्ध उमेर ८२ वर्षमा ब्रहमलिन भएको भएर यो आश्रमा पनि वृद्ध आमा बुवाहरु बस्ने र आफनै हजुर आमा जस्तो स्मरण आएको भएर उहाँको स्मरणमा फलफुल वितरण गरेको उपप्रमुख जोशीले बताउनु भयो ।

“हजुर आमाले आफनो जिवनमा समुदायमा सकारात्मक सोच विचार ग्रहण गर्नु पर्ने, र सदैव न्यायको पक्ष, सत्यको पक्षमा अडिग रहेर आफनो जिवन रहँदा सम्म उक्त विचारलाई लागु गर्नु भएको थियो”, उहाँले बताउनु भयो “मसंग पनि मेरी हजुर आमाको त्यही शब्दहरु लागु भएको गरेको आफुले पाएकी छु” उहाँको जिवन, बानी व्यवहार, ज्ञान, अर्ती उपदेशबाट नै प्रभावित भएर अहिले आफु पनि उक्त बाटोमा हिँडने प्रयास गरिरहेको उहाँले बताउनु भयो ।

हजुर आमा अध्यात्म क्षेत्रमा पनि पोख्त रहेको बताउँदै उहाँले नै सिकाएर अहिले आफु पनि केही अंश अध्यात्मीक क्षेत्रमा लाग्ने गरेको उपप्रमुख जोशीले बताउनु भयो । यसरी सबैले यो वृद्ध आश्रममा रहेका आमाबुवालाई पनि साथ र सहयोग गर्नु पर्ने, वृद्ध आमाबुवाको मुहारमा सबैले मिलेर खुसी दिन आग्रह गर्नु भयो ।

यसैगरी वृद्ध आश्रमका संरक्षक बहादुरसिंह विष्टले आज वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफनो हजुर आमाको स्मृतीमा वृद्ध आमाबुवालाई फलफुल वितरण गरेको प्रती उच्च सम्मान र धन्यवाद व्यक्त गर्नु भयो । साथै आमा बुवालाई यसरी वृद्ध आश्रममा आएर सेवाभावले फलफुल प्रदान गर्नु भएकोमा आमा बुवाहरुले उपप्रमुख जोशीलाई धन्यवादको साथमा आर्शिवाद पनि दिएका छन् ।

उक्त फलफुल वितरण कार्यक्रममा उपप्रमुख जोशीका आमा नर्मदादेवी भट्ट, फुपु बिमलादेवी पन्त, बहिनी बन्दना अवस्थी छोरीहरु कोमल,कामना, कास्वीको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.