डडेल्धुरा सदरमुकामकै एक सहकारीमा चोरी

महेन्द्रनगर । डडेल्धुरा जिल्ला सदरमुकाममै रहेको एक सहकारीमा चोरी भएको छ । जिल्ला सदरमुकामको तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा नगद र ल्यापटप चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको हो । चोरी भएको जानकारी पाएपछि अहिले प्रहरी टोली सहकारीमा पुगेको छ । सहकारीको कार्यालय नजिकै प्रहरीको बिट पनि रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.