सुदूरपश्चिमका ४ जिल्लामा हेलो सिएम, र नमस्ते मेयर कार्यक्रम संचालनमा

महेन्द्रनगर ।कञ्चनपुरमा रहेको स्विट नेपालले सरोकारवालाहरुसंग जिल्लास्तरीय समन्वय तथा अभिमुखीकरण वैठक सम्पन्न गरेको छ । शुक्रवार संस्थाले एक कार्यक्रमको आयोजना गर्दै सरोकारवालाहरुसंग हेलो मुख्यमन्त्री र नमस्ते मेयर नामक कार्यक्रमको बारेमा जानकारी प्रदान गरिएको हो ।

सुदूरपश्चिममा कञ्चनपुर, डडेल्धुरा, कैलाली र बझाङका ८ वटा पालिका र १६ वटा वार्डमा यो कार्यक्रम लागु भएको कार्यक्रममा जानकारी गराईएको छ । यो कार्यक्रमले महिला र सबैभन्दा कमजोर समुदायहरुलाई लक्षित गरेर कार्यक्रमको संचालन गरेको छ ।

हेलो मुख्यमन्त्री कार्यक्रममा सक्रिय सहभागिताहरुलाई प्रोत्साहन गरी शासन प्रक्रियामा महिला र सिमान्तकृत सहभागिता वृद्धी गर्ने, नागरिक र सरकारी अधिकारीहरु विच खुल्ला संवाद र सहकार्यको संस्कृतीक विकास गर्ने संस्थाका अध्यक्ष अमिर तिरुवाले बताउनु भयो ।

साथै उहाँले गुनाशोहरु सम्बोधन र समयमै समस्याहरु समाधान गरेर कमजोर समुदायको आवस्यक्ताहरु प्रती उत्तरदायित्व बढाउने पनि जानकारी दिनुभयो । पहुँच नपुगेका नागरिहरुलाई सिधै नगर प्रमुख र मुख्यमन्त्रीसंग आफनो गुनाशोहरु दिन सुक्ने वातावरणको निर्माण गर्ने गरी काम भईरहेको बताउनु भयो ।

पहाड देखी तराई सम्म विपन्न समुदाय, बस्तीहरुलाई सफट्वयर मार्फत फोन गर्ने र तुरन्तै समस्याको उत्तर पनि दिने व्यवस्था गरिएको बताउनु भयो । आफनो समस्या राख्ने र समाधान खोज्ने तर्फ सरकारलाई घचघचाउने पनि यो कार्यक्रमले गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहराले विपन्न वस्तीमा रहेका आम जनताले पनि अब सिधै मुख्यमन्त्रीलाई मेयरलाई आफनो गुनाशो सुनाउन पाउनु नै ठुलो उपलब्धी रहेको बताउनु भयो ।

शुसासन कायम राख्न पनि यस्ता कार्यक्रमले ठुलो भुमिका खेल्ने भएकाले अन्य पालिकामा पनि यो कार्यक्रलम लागु गरिनु पर्ने बताउनु भयो । यस्तै कार्यक्रमका बिशिष्ट अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले कार्य व्यस्तताले गर्दा आफुहरु सबै जनताको घरदैलोमा पुग्न नसक्ने अवस्थामा यो कार्यक्रमले उनिहरुलाई आफुसंग जोडिरहने र उनिहरुको गुनाशो सुन्न पनि सकिने भएकाले यसले पारदर्शीता, र समस्याको विषयमा पनि जानकार हुने अवसर मिल्ने बताउनु भयो ।

साथै आगाम िदिनहरुमा पालिकाले गर्ने साथ र सहयोगका लागी सधैव प्रतिबद्ध रहेको पनि बताउनु भयो । यसैगरी कार्यक्रमका बिशिष्ट अतिथी एवम वेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहराले सरकारी कार्यालयले दिने सेवा सुविधा के कस्ता काम हुन्छन भन्ने पनि जानकारी नहुने जनतालाई सिधै आफनो गुनाशो राख्न पाउनु सारै राम्रो काम भएको बताउनु भयो ।

यो कार्यक्रमले शुसानलाई राम्रो बनाउने चुस्तदुरुस्त बनाउने र यसको प्रभावकारिताले अन्य पालिकाले पनि यो कार्यक्रम चलाउने छन भन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.