डडेल्धुराका जनप्रतिनिधी र माननियले चिनेन् कबितालाई, समाजसेवी मल्लले भलिबलका खेलाडी भट्टलाई नगद ५० हजार सहयोग गर्ने

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगा निवासी हाल जापानमा रहनु भएका युवा समाजसेवी विनय प्रकाश मल्लले एक पछि अर्को सामाजिक कार्यमा आफनो जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

समाजसेवी मल्लले अर्को सम्मानजनक कार्य गर्नु भएको छ । जस्लाई अहिले सामाजिक संजालमा धेरैले सकारात्मक र सराहनिय कार्य भन्दै समाजसेवी मल्लको कामलाई साथ र सम्मानजनक रुपले हेरीरहेका छन् । समाजसेवी मल्लले एक जना महिला खेलाडीलाई नगद ५० हजार सहयोग गर्ने उदघोष गर्नु भएको छ ।

डडेल्धुराको नाम राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउन अहम भुमीका खेली रहनु भएकी डडेल्धुराको गन्यापधुरा गाउँपालीका १ भात्काઁडा बस्ने बर्तमान नेपालको राष्ट्रीय महिला भलिबल टिममा डडेल्धुरा बाट प्रतिनिधीत्व गर्नुहुने एक मात्र खेलाडी कबिता भट्टलाई नगद ५० हजार सम्मान स्वरुप प्रदान गर्ने समाजसेवी मल्लले उदघोष गर्नु भएको हो ।

यस्ती प्रतिभावान खेलाडीलाई जिल्लाले सम्मान गर्नुपर्नेमा समाजसेवी मल्लले आफनो मिहिनेतले कमाएको केही रकम खेलाडी भट्टलाइ प्रदान गर्ने बताउनु भयो । यस्ता प्रतिभावान खेलाडीहरु देशका गहना हुन तर डडेल्धुराले उक्त हिरालाई पहिचान गर्न नसकेको अवस्थामा समाजसेवी मल्लले भट्टलाई अझै खेल जगतमा आफनो र जिल्लाको पहिचान बनाई राख्न हौसला प्रदान गर्न नगद सहयोग गर्ने भएका हुन् ।

बिभिन्न जिल्लाका व्यक्तित्वहरुले आफ्ना खेलाडी हरुको मनोबल बढाउँन विभिन्न तरिका बाट प्रत्यन गरिरहेको अवस्थामा डडेल्धुराकी छोरी भने अभिभावक बिहीन भई टुलुटुलु हेर्न बाध्य भएकी छिन् । १९ औं एसीयन गेममा पनि सहभागी भई सकेकी डडेल्धुराकी छोरी खेलाडी कबिता भट्टको उज्जवल भविष्यको कामना गर्दै डडेल्धुराकी छोरी लाई सम्मान स्वरूप मेरो व्यक्तिगत तर्फ बाट नगद रु ५० हजार प्रदान गरिने् भन्दै समाजसेवी मल्लले आफनो सामाजिक संजाल मार्फत उदघोष गर्नु भएको हो ।

यसैगरी पुर्व वरिष्ठ भलिबल प्रशिक्षक नरेश थापाले समाजसेवी मल्लले खेलाडीको हौसला बढाउन गरेको यो कार्य सम्मानजनक रहेको बताउनु भयो । स्थानिय तहले गर्नुपर्ने कार्य मल्लले गरेको प्रती आफुलाई पनि गौरव महसुस भएको पुर्व वरिष्ठ भलिबल प्रशिक्षक नरेश थापाले बताउनु भयो ।

यता राष्ट्रीय महिला भलिबल टिमका खेलाडी कबिता भट्टले आफुलाई यो स्ममानले धेरै खुसी लागेको बताउनु भयो । खेलकुदको माध्यमबाट आफनो जिल्लाको नाम देशविदेशमा चिनाउन सफल भएको र त्यही जिल्लामा समाजसेवी विनय प्रकाश मल्लको जन्म हुनु भनेको आफनो लागी पनि गौरवको विषय भएको बताउनु भयो ।

उहाँले समाजसेवी मल्लले गर्दै आएको समाजसेवीको कार्यको बारेमा जानकारी पाएको तर आफुलाई पनि सम्मान गर्नु हुन्छ भनेर नसोचेको बताउनु भयो । तर समाजसेवी मल्लले गरेको यो सम्मानले आफुमा थप हौसला र जिम्मेवारी आएको बताउनु भयो । डडेल्धुरामा अहिले बिरामी हुँदा समस्या हुँदा, अप्ठयारोमा हुँदा समाजसेवी मल्ललाई खोज्ने गरिन्छ आशाको केन्द्र नै समाजसेवी मल्लमा आएर रोकिन्छ ।

डडेल्धुरामा पछिल्लो समय दिनदुखी विपन्न, गरिव दलित अपाङगता, आर्थिक अभावले उपचार गर्न नपाएकाहरुको मुखमा आउने एउटै नाम हो विनय प्रकाश मल्ल उनले विगतका वर्षदेखी आफनो जन्म भुमीका लागी लाखौ रुपैँया दिन दुखी गरिव पिडितहरु एकल महिला, दलित लगायतहरुलाई सहयोग गर्दै आएका छन् । जापानमा रहेका मल्लले डडेल्धुरामा रहेका दिनदुखी, एकल महिला, दलित गरिबको आँखाको आशु पुछ्न आफु हरदम तयार रहेको बताएका छन् ।

साथै उनले सुदूपश्चिमका अन्य जिल्लाबाट पनि दैनिकरुपमा सहयोगका लागी आग्रह आईरहेको अवस्थामा अहिले डडेल्धुराका गरिब तथा एकल महिला, दलितहरुको पिडामा केन्द्रित रहेको भएर अन्य जिल्लामा अहिले सहयोग गर्न नसकिरहेको समाजसेवी मल्लले बताएका छन् ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.