चिसापानी–राजकाँडा केबुलकार सञ्चालन हुने

महेन्द्रनगर । चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले कैलालीमा चिसापानी–राजकाँडा केबुलकार सञ्चालनमा ल्याउन लागेका छन।आगामी २ वर्षभित्र चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालनमा ल्याउन लागिएको हो।

लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म विशेष गरी भारतीय पर्यटकलाई लक्षित गरेर केबुलकार सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि केबुलकारका सञ्चालक चन्द्रप्रसाद ढकालले चिसापानीलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका ढकालले भने, ‘केबुलकार, पाँचतारे होटल, पार्कहरु निर्माण गर्दैछौ। महेन्द्रनगर, धनगढी र टीकापुर र नेपालगञ्जबाट आउने भारतीय पर्यटक, सुदूरपश्चिम र कर्णाली प्रदेशका पर्यटकलाई लक्षित गरेर आयोजना अगाडी बढाएका छौ।

निर्माण कार्य सुरु भएको १८ महिनादेखि २ वर्षमा काम सकिन्छ।’ कर्णाली चिसापानी–राजकाँडा केबुलकार सञ्चालनका लागि नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ समेत भुक्तानी गरिसकिएको छ। केबुलकार निर्माणका लागि रुख कटानीको काम सकिएको छ। योजनास्थलमा एक हजार ८६६ रुख काटिएका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.