महेन्द्रनगर । कञ्चनपुर नाई संघले आफनो सम्पर्क कार्यालयको स्थापना गरेको छ । भीमदत्त नगरपवालिका १८, जानकी टोलमा आफनो सम्पर्क कार्यालयको स्थापना गरेको हो । मंगलवार एक भव्य कार्यक्रमको आयोजना गर्दै राप्रपाका भीमदत्त नगरपालिका नगर अध्यक्ष करन पालले उक्त कार्यालयको उदघाटन गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पालले यो संघमा आवद्ध हुनु भएका सबै सदस्यहरुको हकहितका लागी संघले अहम भुमिका खेल्ने र समस्या पर्दा संघ सदैव अगाढी हुनुपर्ने बताउनु भयो । साथै उहाँले कपाल काट्न आउने हुनु ग्राहकहरु संग पनि सम्मानका साथमा आफनो बोलीचाली गर्नुपर्ने अनुशासीत भएर आफनो काम गर्नुपर्ने बताउनु भयो ।
जिल्लामा यती ठुलो र अन्य नाई संघ नभएको दावी गर्दै आगामी दिनहरुमा पनि यसको संख्या बढाएर सामाजिक कार्यमा पनि लाग्न आग्रह गर्नु भयो । कञ्चनपुर नाई संघले आमा बुवा गुमाएका अनाथ बालबालीकाहरुलाई निशुल्क रुपमा कपाल काट्नेका काम अत्इन्त नै उदाहरणिय कार्य रहेको बताउनु भयो ।
साथै उक्त कार्यालाई आगामी दिनहरुमा पनि निरन्तरता दिन पनि आग्रह राप्रपाका भीमदत्त नगरपालिका नगर अध्यक्ष करन पालले गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनपुर नाई संघका अध्यक्ष भुपेन्द्र भण्डारीले यो सम्पर्क कार्यालय आवस्यक भएर नै खोलेको बताउनु भयो ।
विभिन्न कार्यालय संघ संस्थाबाट पनि आफुहरुको खोजी हुन थालेको अवस्थामा र संघलाई आवस्यक रहेको भएर यो सम्पर्क कार्यालय खोलिएको बताउनु भयो । साथै कञ्चनपुर नाई संघमा आवद्धता गर्नु हुने सबै सदस्यहरुको हकहित, सुरक्षा उहाँहरुको माग र साथै सबैलाई एक जुट बनाउनको लागी पनि आज यो कार्यालयको उदघाटन गरिएको बताउनु भयो ।
आगाम दिनमा नाईहरुलार्य आर्थिक रुपमा उनिहरुको क्षमता विकास गर्न उनिहरलाई विभिन्न अवसरहरु संग जोडेर उनिहरुलाई पनि सक्षम बनाउने उदेश्यको साथमा यो कार्यालयको स्थापना गरिएको बताउनु भयो । साथै उहाँले आफनजो सामाजिक उत्तरदायित्वमा पनि कञ्चनपुर नाई संघले काम गरिरहेको बताउनु भयो ।
उहाँले अहिले ३ वर्षसम्म जिल्लामा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकहरुको संघले निशुल्क कपाल काट्ने काम पनि गरिरहेको बताउनु भयो । र यो कार्यसंगै अन्य सामाजिक उत्तरदायित्वका काम पनि संघले गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
जिल्लामा पहिलो पटक यसरी भव्य रुपमा कञ्चनपुर नाई संघले आफनो सम्पर्क कार्यालय स्थापना गर्न सफल भएको संघका प्रवक्ता नरेशबहादुर कार्कीले बताउनु भयो ।
७ जनाबाट शुरुवात गरेको संघमा अहिले ८० भन्दा बढी पसलहरु जोडिएको सदस्यहरु पनि बढदै गईरहेको अवस्थामा उहाँहरुको अभिभावकत्व पनि महसुस होस भनेर सम्पर्क कार्यालयको स्थापना गरिउको बताउनु भयो ।