सुदूरपश्चिमको प्रमुख सचेतकमा एमालेमा मल्ल र माओवादी केन्द्रमा माल

महेन्द्रनगर । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् । मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए । पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए ।

प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बम बैतडीबाट समानुपातिक सांसद हुन । यसैगरी सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा गितादेवी माललाई नियुक्त गरिएको छ।

संसदीय दलका नेता मानबहादुर धामी सन्तोषले माललाई नियुक्त गरिएको जानकारी दिए।उनका अनुसार यस अगाडि प्रमुख सचेतक नियुक्त गरिएकोमा अहिले उनलाई नियुक्त गरिएको हो।

माल पूर्वमन्त्री समेत हुन्। उनी तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बनेकी थिइन्। उनी डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन्।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.