महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुरमा रहेको एक वडालाई बालमैत्री स्थानिय शासन घोषणा गरिने भएको छ । कृष्णपुर नगरपालिकाको वडा नम्वर १ पहरियालाई बालमैत्री स्थानिय शासन घोषणा गरिने भएको हो । बुधवार कृष्णपुर नगरपालिका वार्ड नम्वर १ को कार्यालयमा आयोजना गरिएको बालमैत्री स्थानिय शासन घोषणा अभियान प्रबर्धनका लागी सरकार र मिडियासंग सम्बन्ध तथा समन्वय कार्यक्रममा उक्त जानकारी दिईएको हो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको आयोजनामा वल्र्ड भिजनको साझेदारी र पालिकाको समन्वयमा उक्त वार्डलाई बालमैत्री स्थानिय शासन घोषणा गरिने भएको छ । नेपाल सरकारले निर्धारण गरेका ५१ वटा सुचाङकहरु पुरा गरेपछि वार्डलाई २०८३ भित्रै बालमैत्री स्थानिय शासन घोषणा गरिने बाल संरक्षक, समावेशी शिक्षा परियोजना र स्पोन्सरसिप परियोजनाका परियोजना संयोजक रामेश्वर जैरुले बताउनु भयो ।
वडा स्तरमा वडा स्तरिय बाल संजालको निर्माण गरिएको र जस्को अध्यक्षमा वार्ड अध्यक्ष रहने व्यवस्था अनुरुप काम भईरहेको भएर घोषणा गर्नका लागी पालिकोको अहम भुमिका रहने साथै संचारमाध्यमहरुको पनि अपरिहार्य रुपमा अहम भुमिका रहने भएकाले सबैसंग आज यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
यो अभियानलाई अगाढी बढाउनका लागी सबैको हातेमालो जरुरी रहेको बताउँदै नेपाल सरकारले तय गरेका विभिन्न ५१ वटा सुचांकलाई पनि पुरा गर्न सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नु भयो । साथै अहिलेको अवस्था कस्तो रहेको छ सुचांक अनुसार के कस्तो अवस्था रहेको छ भनेर तथ्याङक पनि संकलन भएको र त्यसलाई पनि छलफल गरी सुधार गरेर अगाढी लैजाने र एउटा बाल पाश्र्वचित्र निर्माण गरि वडा नम्वर १ को अवस्थाको एउटा मस्यौदा तयार पार्ने बताउनु भयो ।
साथै सुधार्नु पर्ने तथ्याङकलाई सुधार गरी त्यसको आधारमा कार्य योजनाहरु निर्माण गरी यो वार्डलाई बालमैत्री स्थानिय शासन घोषणा गरिने बताउनु भयो । कृष्णपुर नगरपालिका १ का वडा अध्यक्ष मोहनबहादुर बस्नेतले जिल्लाभरमा आफनो पालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गरिनेमा आफु खुसी भएको बताउनु भयो ।
साथै नेपाल सरकारले निर्धारण गरेका ५१ वटा सुचांकहरुलाई पूर्णरुपमा पुरा गर्न आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । सामाजिक संस्था एनएनएसडब्लुएले पनि आफनो वार्डमा आउर काम गरिरहेको र उक्त कार्यमा वडा सरकार नगरपालिका सबैले हातेमालो गरेर अगाढी बढनु पर्ने बताउनु भयो ।