महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संगै उनिहरुको पढाईलाई सहजता सुधार ल्याउनका लागी पढाई शिविर (रिडिङ क्याम्प) संचालनमा ल्याईएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको आयोजनामा वल्र्ड भिजनको साझेदारीमा उक्त कार्यक्रम संचालनमा रहेको छ ।
अहिले ५० वटा पढाई शिविरमा करिब १ हजार २ सय ५० जना बालबालिकाहरु अध्ययन गरिरहेका छन् । कृष्णपुर नगरपालिकाको वडा नम्वर १,२,४,७ र ९ मा रहेका विपन्न, गरिव, दलित, जनजाती विद्यार्थीहरु हरेक हप्ताको शनिवार उक्त पढाई शिविरमा आउने गरेका छन् ।
करिब १ घण्टा ३० मिनेट सम्म उनिहरुलाई अतिरिक्त क्रियाकलाप, विषयवस्तुमा समेटिएका पाठयक्रमहरु, र अन्य ज्ञानवद्र्धक विषयमा पनि उनिहरुलाई जानकारी दिईरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को शिक्षा फिल्ड अधिकृत तिला विकले जानकारी दिनुभयो ।
बालबालिकाहरुलाई विभिन्न खेलकुदको माध्यमबाट उनिहरुको सिकाईलाई प्रभावकारी रुपमा वृद्धी गर्न र उनिहरुलाई अध्ययनमा रुची बढाउन पनि यो पढाई शिविरले सजिलो बनाएको बताउनु भयो । अहिले बालबालिकाहरुले शनिवार मात्रै नभएर अन्य बार पनि उक्त पढाई शिविर संचालन गर्न आग्रह गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को शिक्षा फिल्ड अधिकृत तिला विकले बताउनु भयो ।
साथै उक्त शिविरमा आवस्यक पर्ने शैक्षिक सामग्रीहरु पनि संस्थाले सहयोग गरेको बताउनु भयो । कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले यो पढाई शिविर एकदमै राम्रो र विपन्न समुदायका वालवालिकाहरुको सिकाई अझै राम्रो बनाउने माध्यम रहेको बताउनु भयो । आफु पनि अनुगमनमा गएको र उनिहरुको अभिभावकहरुले पनि वालवालिकाहरुमा पढने सिपको विकास भएको पहिलेको भन्दा केही फरकपन बालबालिकामा आएको जानकारी आफुलाई दिएको बताउनु भयो ।
साथै उहाँले यो कार्यक्रममा अन्य बालबालिकालाई पनि समेटेर लैजान सके अझे प्रभावकारी हुने पनि बताउनु भयो । विद्यार्थीहरुले आफने हातले विभिन्न चित्रहरु बनाएर विभिन्न सिप मुलक सिकाई पनि उनिहरुलाई सिकाई भईरहेको बताउनु भयो ।
साथै उनिहरुलाई बढाउने स्वयमसेविकाहरुले कम पारिश्रमिकमा पनि धेरै मिहिनेत गरेर बालबालिकाहरुलाई सिकाई गरारहेको उत्कृष्ठ रहेको बताउनु भयो । उक्त पढाई शिविरमा अध्ययन गर्ने अंकिता रानाले आफुलाई पढाई शिविरमा आउँदा धेरै राम्रो लाग्ने गरेको बताउनु भयो । खेलकुद गित कविताको माध्यमबाट पढाई गर्ने भएकाले आफुलाई मन पर्ने बताउनु भयो ।