एनएनएसडब्लुएको २५ औ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरको २५ औ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । भिमदत्त नगरपालिका अन्तरगत आफ्नै कार्यालयका सभा हलमा सम्पन्न उत्त कार्यक्रममा अध्यक्षता सस्थाका अध्यक्ष माया देवि सार्की रहेको थियो भने प्रमुख अथितिमा सुदुर पश्चिम विश्व विद्यालयका उप कुलपति डाक्टर हेमराज पन्त रहनु भएको थियो ।

यसैगरी अथितिमा (एनएनएसडब्लुए ) कंचनपुर संस्थाका कार्यकारी निर्देशक अशोक विक्रम जैरु रहनु भएको थियो । भन्दा ३ दशक अगाडी स्थापना भएको यस नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरको यस संस्थाले हाल चलाईरहेका विभिन्न कार्यक्रमहरुको प्रशसा गर्दे उप कुलपति डाक्टर हेमराज पन्तले गरिबीको रेखामूनि रहेका दलित, महिला, जनजाति आदिवासी र अल्पसख्यकहरुलाई लक्षित गर्दे गरिएका कार्यक्रमका लक्ष्य, उद्येश्य अनि रणनिति प्रति ऐक्यवद्धता जनाउदै शिक्षा क्षेत्रमा अहिले विश्व विद्यालयले विभिन्न कृर्षि, वन वातावरण लगायत कानूनी विषयमा समेत विद्यार्थीहरुले पढने अवसर पाईरहेको कुरा जानकारी गराउनु भएको छ ।

साथै अबका दिनमा आफू रहेको स्थानवाट र नेपाल राष्टिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरको साझेदारीमा शिक्षा निति अन्तरगतका कार्यक्रहरुले स्थान पाउने कुरामा उप कुलपति डाक्टर हेमराज पन्तले प्रतिवद्धता समेत जनाउनु भएको छ ।

संस्थाको २५ औ साधारण सभामा २०८०–८१ मा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई केहि नगद सहित सम्मान पत्र समेत वितरण गरेको छ । यसैगरी २५ औ साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन संस्थाका महा सचिब रुपा कौशल परियारले प्रस्तुत गर्नुभएको छ भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कबिता भट्टले गर्नुभएको सो कार्यक्रमको संचालन संस्थाका सदस्य सुरेश कुमार पाल्पाली गर्नुभएको थियो ।

सम्बन्धित

Comments are closed.