संजिवनी नेपालको ३ दिने नेतृत्व विकासको तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको संजिवनी नेपालले ३ दिने नेतृत्व विकासको तालिम सम्पन्न गरेको छ । श्रावण ३१ गतेदखी संचालनमा रहेको तालिम शनिवार भाद्र १ गते सम्पन्न भएको हो । भीमदत्त नगरपालिकाको १९ वटा वडाबाट २६ जना महिलाहरु र सुदूरपश्चिमको पैरवी महिला संजालका वडास्तरका संयोजक सदस्यहरुको सहभागिता रहेको थियो ।

यो तालिम लैङगिता र जलवायु परिवर्तन संग सम्बन्धित रहेर यो तालिम संचालन गरिएको संस्थाका कार्यकारी निर्देशक नितु भट्टले जानकारी दिनु भयो । यो तालिम लिईसकेपछि महिलाहरुले नेतृत्व विकास संगै जलवायु परिवर्तनले हुने गरेका असर र कसरी महिलाहरु प्रत्यक्षरुपमा यसबाट प्रभाव र असरसंग बढी नजिक रहेका छन भन्ने विषयमा जानकारी हुने र त्यससंग जुधेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि जानकार हुने उहाँले बताउनु भयो ।

यो तालिममा सहभागी जनाउनु भएका महिलाहरुले आफनो वडामा गएर सहजकर्ताको भुमिकामा रहेर अन्य महिलाहरुलाई पनि आफुले सिकेको विषयमा जानकारी दिने तालिम संचालन गर्ने गरी उहाँहरुलाई आफुहरुले तयार पारेको संस्थाका कार्यकारी निर्देशक भट्टले बताउनु भयो ।

वडामा तालिम दिँदा उहाँको पनि नेतृत्व विकास हुने र स्रोत व्यक्ती बाहिरबाट ल्याउनु भन्दा यि महिला दिदिबहिनीहरुलाई नै हामी प्रयोगमा ल्याउने र उहाँहरुलाई अवसर दिने भन्ने पनि यो तालिमको लक्ष्य रहेको बताउनु भयो । तालिमका प्रशिक्षक कन्चन लामाले महिलाको नेतृत्व जलवायु उत्थानशिलतामा लैङगिक उत्रदायित्व किसिमले कसरी हुनसक्छ ? र महिलाहरुलाई जलवायु परिवर्तनको क्षेत्रमा काम गजर्न कसरी रुची जगाउन सकिन्छ ? महिलाले किन नेतृत्व लिने ?

के फाईदा हुन्छ ? र समाजलाई समता मुलक समाज निर्माण् गर्न कसरी सकिन्छ भन्ने विषयवस्तुमा रहेर यो तिनदिने तालिमको आयोजना गरिएको बताउनु भयो । साथै यो तालिममा महिला नेतृत्व, जलवायु उत्थानशिलतामा लैङगिक समाबेशी गराउनलाई बढी जोड दिइएको बताउनु भयो । यसैगरी सहभागी निर्मला मल्लले तिनदिनमा हिंशामा परेका मिहिला दिदिबहिनीहरुलाई कसरी न्यान दिने ?

कुन निकायमा जाने कसरी जाने भन्ने विषयवस्तुमा रहेर जानकारी पाएको बताउनु भयो । यस्तै, जलवायु परिर्वतनले कस्तो महिलाहरुमा कस्तो असर परिररहेको छ ? कसरी यो असरसंग जुध्न सकिन्छ भन्ने बारेमा पनि जानकारी पाएको बताउनु भयो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.