कृष्णपुरमा वल्र्डभिजन र NNSWA द्धारा संचालित कार्यक्रम उत्कृष्ठ रहेको सरोकारवालाको भनाई

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले वल्र्डभिजन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्धारा संचालित परियोजनाहरु उत्कृष्ठ रहेको बैठकमा सहभागी भएका सरोकारवालाहरुले बताएका छन ।

आयोजक संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका अध्यक्ष माया सार्किको अध्यक्षतामा बसेको सो समिक्षात्मक बैठक कार्यक्रमको प्रमुख अतिथीमा नगर उप–प्रमुख द्रोपती राना हरनु भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, शिक्षकहरु, बालक्लबका प्रतिनिधहिरु, पत्रकारहरु लगाययतको उपश्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको आयोजनामा वल्र्ड भिजनको साझेदारीमा संचालनमा रहेको कार्यक्रमहरु प्रभावकारी रहेको बताउनु भयो ।

यी कार्यक्रमहरुले महिला र बालबालिकाहरुलाई प्रत्यक्ष रुपमा फाईदा पुगेको बताउँदै, उहाँले बालबालिकाहरुका लागी संचालनमा रहेको पढाई शिविरले अझै बढी फाईदा भईरहेको बताउनु भयो । आफु अनुगमनमा जाँदा बालबालिकाहरुका अभिभावकहरुलाई सोध्दा पनि बालबालिकाहरुमा राम्रो सिकाई भईरहेको आफुलाई बताएको जानकारी गराउनु भयो । साथै बालबालिकाहरुमा पनि शैक्षिक हिशावमा पनि प्रगती भएको सम्बन्धित विद्यालयका शिक्षकहरुको धारणा रहेको बताउनु भयो ।

यसैगरी संस्थाले कृष्णपुर नगरपालिकाको वडा नम्वर १ लाई बालमैत्री स्थानिय शासन घोषणा गरिनु पनि सरकारको कार्यक्रमलाई सहयोग पुय्राई रहेको र अन्य वडालाई पनि निकट भविश्यमा नेपाल सरकारले बालमैत्री स्थानिय शासन घोषणा गर्ने बताउनु भयो । “वल्र्डभिजन र एनएनएसडब्लुएको कार्यक्रममा म पहिले देखी नै प्रत्यक्ष आवद्ध छु, हामीले थुप्र्रै कामहरु मिलेर गरेका छौ, अझै हामीले नगरपालिकाको तर्फबाट परियोजनालाई सहयोग हुने गरि बजेट विनियोजन गर्न सकेका छैनौ”

नगर उपप्रमुख रानाले बताउनु भयो, “तर यो गर्न पर्छ, कृष्णपुरमा कार्यक्रम संचालन भएपछि बालबालिकाप्रति घर, परिवार र समाज र स्थानियतहले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा निकै फरक आएको छ” । सबै वडा तथा नगरले विगतको तुलनामा बालबालिका लक्षित कार्यक्रम गर्ने प्रवृति बढाउदै लगेका छन, समाजमा बालअधिकार प्रति जागरुकता बढेको र यो सबैको पछाडी यहि बाल संरक्षण तथा स्पोन्सरसीप कार्यक्रमको अहम भुमिका रहेको बताउनु भयो ।

हाम्रो पालिकामा यत्रो लगानी गरेर यहाँका भविष्य रुपी बालबालिकाको क्षेत्रमा योगदान पुरयाउनु साच्चै सरहानिय काम भएको र अब हामलिे यस्को सही मुल्यांकन गर्न जरुरी रहेको बताउनु भयो । आगामी दिनमा कृष्णपुर नगरपालिकाका बालबालिकाहरुको समग्र विकासका लागी आफुले सक्ने सहयोग र सहकार्य निरन्तर गर्ने बताउनु भयो ।

परियोजना संयोजक रामेश्वर जैरुले बर्षभरीका मुख्य प्रगती, उपलब्धी, सिकाई, दिगोपनाका प्रयास, चुनौतीलाई प्रस्तुत गरिएको सो कार्यक्रममा वल्र्डभिजनका फिल्ड स्पोन्सर संयोजक सुरज शर्माले स्पोन्सरसीप व्यवस्थापन, साँझेदारी र इनफक्याम्पेनका बारेमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै,बाल ज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक दिपक भण्डारीले कार्यक्रम निकै प्रभावकारी, पारदर्शी र बालबालिकाको क्षेत्रमा उत्कृष्ट रहेको बताउनु भयो । उहाँले आरसी छनौटमा अबदेखी विद्यालयलाई समावेश गराउनपर्ने शिक्षा र सरोकारवालाहरु बाट अनुगमन बढाउनु पर्ने जिकिर गर्नु भयो ।

कार्यक्रममा बोल्दै संस्थाका मानव स्रोत व्यवस्थापक विनोद विक्रम जैरुले यस्तो कार्यक्रमको नेतृत्व नगरपालिकाले लिनु पर्ने, हामीले हरेक बर्ष एलप्याक बैठक गरिरहदा अन्य अरु संस्थालाई पनि बोलाउने र कुराहरु बुझने, सुन्ने बातावरण बनाउन पर्ने, हाम्रो कामको पनि सहि मुल्यांकन गरिनु पर्ने बताए ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा एनएनएसडब्लुएले गत १ बर्षमा भए गरेका गतिविधिहरुको उपलब्धी, प्रगती, सिकाई, चुनौती, असल अभ्यासहरु र खर्च विवरण समेत प्रस्तुत गरिएको सो कार्यक्रममा संस्थाद्धारा संचालित बाल संरक्षण तथा स्पोन्सर सीप, समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना र सेफर परियोजनाको प्रगती र सफलताका कथा तथा फोटोहरु प्रदर्शन गरिएको थिया ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.