महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा विद्यालयको भवन निर्माण भएपछि विद्यार्थीहरुलाई अध्ययन गर्न सहज भएको छ । वल्र्ड भिजनको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको समन्वयमा कृष्णपुर नगरपालिका १ बण्ड निगालीमा रहेको श्री कालिका माध्यमिक विद्यालयमा २ कोठे भवन निर्माण गरिएको हो ।
यो भवन निर्माण हुनु भन्दा पहिले सानासाना बालबालिकाहरु जस्ताको छानाले छाएको कोठामा अध्ययन गरिरहेको र उक्त भवनमा गर्मीयाममा बढी घाम हुने वर्षातमा पनि पढन समस्या हुने गरेको थियो ।तर अहिले संस्थाको सहयोगमा २ कोठे भवन निर्माण भएपछि विद्यार्थीहरुलाई अध्ययन गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले बताउनु भयो ।
“पहिले यो भवन सनर्माण नहुँदा विद्यार्धीहरुलाई पढाईमा समस्या भएको थियो” प्रधानाध्यापक जोशीले भन्नु भयो, “अहिले वल्र्ड भिजनले २ कोठे भवन निर्माण गरिदिएपछि पढाईमा सजिलो र ६ लाख बराबरको शैक्षिक सामग्री र शौचालय मर्मतमा पनि सहयोग भएपछि अहिले धेरै राम्रो र सहजता भएको छ”। कक्षा १, २ र नर्सरीका बालबालिकालाई अहिले पढाईमा सहजता भएको छ ।
साथै कक्षाकोठाका भित्तामा कितावमा पढनु पर्ने विषयहरु पनि लेखिएका छन् जस्ले गर्दा विद्यार्थीहरुलाई पढाईमा अझै सजिलो बनाईएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) शिक्षा फिल्ड अधिकृत तिला विकले ४२ लाखको लागतमा उक्त २ कोठे भवनको निर्माण गरिएको बताउनु भयो ।
उहाँले ३६ लाखमा भवन र अन्य रकमको शैक्षिक सामग्री र शौचालय मर्मत गरिएको बताउनु भयो । बालबालिकाहरुलाई शैक्षिक वातावरण दिनका लागी विभिन्न शैक्षिक सामग्रीहरु पनि सहयोग गरिएको र अहिले बालबलिकाहरुलाई आफनो अध्ययन पुरा गर्न सहजता भएको बताउनु भयो ।