महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ कुञ्ज गल्लीमा बस्नु हुने अनिता चौधरीलाई वल्र्ड भिजन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरले आर्थिक सहयोग गरेपछि अहिले उहाँलाई सहज भएको छ । आफनो छोरा अनुभव चौधरी बिरामी परेपछि उपचार गर्न गाँउबाट रिण निकालेर उपचार गर्दा समस्या भएको थियो ।
संस्थाले अहिले उक्त वार्डमा स्पोन्सरसिप परियोजना संचालन गरिरहेको छ जस्बाट अति जोखिममा रहेका बालकालिकालाई प्रदान गरिने आर्थिक सहयोगबाट अनिताका छोरा अनुभवले पनि २० हजार नगद पाएका थिए । अहिले अनिताको श्रिमान उहाँसंग बस्नु हुदैन, आर्थिक भार सबै अनिताको टाउकोमा परेको छ ।
छोरालाई एकदिन अत्यधिक ज्वारो आएपछि बेहोस भएर दिमागी हालत पनि राम्रो नभएपछि उपचार गर्न समस्या भएको उहाँले बताउनु भयो । “विद्यालयबाट आउँदा एक्कासी बेहोस भएर ढल्यो” उहाले भन्नुभयो, “आफनो आर्थिक अवस्था निकै कमजोर छ, रिण निकालेर छोराको उपचार गरे, संस्थाले यदी उक्त सहयोग नगरेको भए अहिले म अन्य कुनै ठाँउमा लेवरी गरिरहेको हुने थिए” अहिले छोरालाई पनि ठिक भएको छ । छोरा अहिले विद्यालय गएर पढन सक्ने भएका छन् ।
उनले आफुलाई यस्तो समस्यामा पनि साथ र सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ को स्पोन्सरसिप परियोजनाका फिल्ड मोभिलाईज अनिल देउवाले अति जोखिमामा पर्ने केही मापदण्ड रहेको र उक्त मापदण्ड अनुसार नै अनुभव चौधरी पनि अति जोखिममा रहेको बताउनु भयो ।
नगरस्तरिय वडा स्तरिय बाल अधिकार समितिले छनौट गरेपश्चात मात्रै आफुहरुले अति जोखिम बालबालिकाहरुलाई आर्थिक सहयोग गर्ने गरेको बताउनु भयो । अति जोखममा परेका बालबालिकाहरलाई सहजता होस उसको परिवारलाई पनि केही राहत होस भनेर पनि अहिले मापदण्ड पुरा भएको भनेर दिएपछि मात्रै आफुहरुले सहयोग गर्ने गरेको बताउनु भयो ।
साथै वार्ड नम्वर १ मा मात्रै नभएर १,२,४,७ र ९ मा रहेका अति जोखिममा रहेका बालबालिकाहरुलाई पनि आर्थिक सहयोग गरेको बताउनु भयो ।