महेन्द्रनगर । कञ्चनपुरमा आएको बाढीले क्षती गरेको अहिले १ महिना बढी वितेपनि कतिपय क्षेत्रमा टुटेका पुल कल्भर्टहरु मर्मत सम्भार हुन सकेका छैनन् । असार २३ गते परेको अविरल वर्षात पछि आएको बाढीले भीमदत्त नगरपालिका ७ मा रहेको कल्भर्ट पनि बगाएपछि अहिले सम्म मर्मत सम्भार नहुँदा स्थानियहरुलाई सास्ती भएको छ ।
उक्त कल्भर्ट भत्किएपछि वडा नम्वर ६ देखी १० सम्मका स्थानियहरुलाई बढी मर्का परेको पाईएको छ । सबै भन्दा बढी समस्या विद्यार्थीहरुलाई परेको भिमदत्त नगरपालिका ७ का वडा सदस्य गणेशदत्त भट्टल बताउनु भयो । २०५८ साल तिर निर्माण गरिएको उक्त कल्भर्टमा अहिले सम्म आएको बाढी पानीले क्षती नगरेपनि यो असारमा आउको वर्षातले गर्दा कल्भर्टमा क्षती पुगेको बताउनु भयो ।
अहिले यो कल्भर्ट संचालनमा नआएपछि सबैले ४ किलोमिटर लामो यात्रा गर्नु पर्ने समस्या रहेको बताउनु भयो । उक्त बाढीले खेती योग्य जमिन पनि कटानी गरेको र सबै भन्दा बढी क्षती कल्भर्ट भत्किएपछि भएको उहाँले बताउनु भयो । यो विषयमा आफु पालिकामा र सम्बिन्धत निकायमा जानकारी दिएपनि अहिले सम्म केही प्रयाश नभएको बताउनु भयो ।
उहाँले यसको मर्मत सम्भार यथासिर्घ गरिदिन सम्बन्धित निकायमा आग्रह पनि गर्नुभयो । वडा कार्यालयमा यसलाई बनाउनको लागी पर्याप्त मात्रामा बजेट नहुने भएकाले स्थानियहरुको पिर मर्का समस्यालाई मध्ये नजर गर्दै सम्बन्धित निकायले यसलाई सुचारु गर्नमा ध्यानाकर्षण होस भन्ने आग्रह गरेको बताउनु भयो ।
यस्तै, स्थानिय मनिराम बोहराले बढी चलचल्तीको कल्भर्ट भएको भएर कतिपय थाहा नहुनेहरु पनि यहीबाटो भएर आउने र कल्भर्ट भत्किएको देखेपछि फर्किएर जानेका गरेको बताउनु भयो । स्थानियहरुले आफनो दैनिकी कार्य गर्न पनि अर्कै लामो बाटोको प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
यता वडा अध्यक्ष गणेश चन्दले आफुले यो विषयमा सबे सम्बिन्धत निकायलाई जानकारी दिएपनि कसैले चासोको ससाथमा नहेरेको बताउनु भयो । सबैले यसलाई प्राथमिकतामा राखेको बताए पनि कसैले यसको मर्मत सम्भार र बनाउन तिर सहयोग नगरेको बताउनु भयो ।
जस्ले गर्दा प्रत्यक्ष रुपमा स्थानिहरुलाई अहिले सास्ती भएको र आफु संग पर्याप्त बजेट पनि नभको भएर मर्मत सम्भार गर्न पनि कठिनाई भएको बताउनु भयो ।