महेन्द्रनगरबाट काठमाडौँ जादै गरेको बस दुर्घटना, १७ जना घाईते

महेन्द्रनगरबाट काठमाडौँ जादै गरेको बस मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ । बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

घाइते हुनेहरूमा कन्चनपुर भीमदत्त नगरपालिका १० बस्ने वर्ष ४० की तारा भट्ट भीमदत्त नगरपालिका ८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार भीमदत्त नगरपालिका ३ बस्ने वर्ष २३ को समिदेवल राना रहेका छन् । यसैगरी, भीमदत्त नगरपालिका १७ बस्ने वर्ष ३४ को धरम खड्का भीमदत्त नगरपालिका १० बस्ने वर्ष २० को दिपेश भट्ट भीमदत्त नगरपालिका ४ बस्ने वर्ष २३ को विनोद सार्की भीमदत्त नगरपालिका ९ बस्ने वर्ष २५ को भिमसेन सार्की घाईते भएका छन् ।

लम्किचुहा नगरपालिका ३ बस्ने वर्ष २३ की हरिकला थापा लम्किचुहा नगरपालिका ३ बस्ने वर्ष १९ को कैलाश वि.क लम्किचुहा नगरपालिका ३ बस्ने वर्ष २७ की कृष्णा वि.क लम्किचुहा नगरपालिका ३.बस्ने वर्ष ३५ की जयन्ती बि.क रहेका छन् ।

यसैगरी, गोदावरी नगरपालिका १२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट बझाङ वित्थडचिर गाँउपालिका ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा दार्चुला महाकाली नगरपालिका ६ बस्ने वर्ष २३ को लक्ष्मण बम बैतडी दशरथचन्द नगरपालिका २ बस्ने वर्ष ३७ को जनक बिजाली डडेलधुरा गन्यापधुरा गाँउपालिका ३ बस्ने वर्ष ३३ को देवबहादुर भुल चितवन भरतपुर महानगरपालिका ५ बस्ने वर्ष २५ को विपिन न्यौपाने घाईते भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.