महेन्द्रनगर । डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जोरायल गाउँपालिका–६ की १८ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो ।
शनिबार घरमै चट्याङ लागेर घाइते भएकी उनको आइतबार बिहान धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृतक साउँद हिजो मात्रै धनगढीबाट घर गएकी थिइन् । घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले ऊनी गम्भीर घाइते भएकी थिइन् । अत्तरियामा बस्दै आएकी दुर्गा ल्याब टेक्निसियन पढ्दै थिइन् ।