बेलडाँडी गाँउपालिकाद्वारा नगदसहित आचार्य कृष्ण दमाई सम्मानीत

महेन्द्रनगर । दलित समुदायबाट नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृति विषयमा आचार्य (स्नाकोत्तर) गरेका आचार्य कृष्णा दमाईलाई सममानित गरिएको छ । कञ्चनपुरमा रहेको बेलडाँडी गाँउपालिकाले आचार्य दमाईलाई नगदसहित सम्मानित गरेको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी गाँउपालिका स्थानीय सरकारले आचार्य दमाईलाई स्वागत एव सम्मान गरेको छ । बेलडाँडी गाँउपालिकाले सिङ्गो दलित समुदायबाट नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृति विषयमा आचार्य (स्नाकोत्तर) गरेका दमाईलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले दलित समुदायबाट निकै संघर्ष गरेर आचार्य गरेका दमाईलाई सम्मान गरिएको बताए । दमाईलाई दोसल्ला, प्रमाण पत्र एव ३१ हजार १ सय रुपैया पुरस्कार प्रदान गरिएको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले आचार्य दमाईको सम्मान एव अध्ययन गरेर सफलता पाईने प्रेरणा जगाउन समेत सम्मान गरिएको बताए ।

आचार्य कृष्ण दमाईले आफु जन्मदिने आमाबाबु, गुरुहरु एव सहयोगीहरुको साथ सर्मथनबाट यहाँसम्म आईपुगेको बताउँदै बेलडाँडीले गरेको सम्मानले थप उत्साह थपिदिएको बताए । बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले दलित समुदायको सम्मान एव बेलडाँडी स्थानीय सरकार छुवाछुत हटाउने अभियान जारी रहेको बताए ।

आचार्य कृष्ण दमाईको घरमा उनलाई प्रबचन शिक्षा अध्ययन गराईरहेका बैतडीका पण्डित गणेश पन्तले संस्कृति शिक्षा जातले नभई जुनसुकै नेपाली, जात धर्म मान्नेले अध्ययन गर्न सकिने उदाहरण आचार्य कृष्ण दमाई रहेको बताए । बैतडीदेखि कञ्चनपुर भीमदत्त नगरपालिका ३तिलकपुर आचार्य दमाईकै घरमा केहीदिनदेखि पण्डित पन्तले प्रबचन सिकाईरहेका छन ।

यस अघि धनगढी उपमहानगरपालिकाले गत शनिबार ८ भदौँमा आचार्य दमाईको सम्मान एव पुरस्कार दिएको थियो । आचार्य दमाईको गत साउन पशुपति मन्दिरमा लागेको कोटिहोममा सम्मान एव उनले ब्याँसमा आशिन भएर प्रबचन दिएका थिए ।

भीमदत्त नगरपालिका ३नयाँ तिलकपुरका स्थानीय समेत रहेका उनलाई बाह्यी जिल्ला पालिकाले सम्मान गर्ने अनि आफ्नै गृह पालिकाले सम्मान गर्न वेवास्ता राखेको भन्दै दलित समुदायका केही अगुवाले भीमदत्त नगरपालिका बिरुद्धमा धारणा अभिव्यक्त गरिरहेका छन । यद्यपी दलितको हक अधिकारका नाममा डलर भित्र्राउनेदेखि आवाज उठाने दलित समुदायकै अभियन्ताहरुले आफ्नै समुदायबाट आचार्य गरेका कृष्ण दमाईको सम्मान नगरेको भन्दै टिकाटिप्पणी भईरहेको छ ।

कार्यक्रममा दमाई समाजका अध्यक्ष गुलाब आउजी सहितका बेलडाँडीका दलित समुदायले पनि आचार्य कृष्ण दमाईलाई सम्मान एव बधाई दिएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.