निर्माण व्यवसायी संघकोे २ दिने निर्माण व्यवस्थापन तालिम सुरु

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले २ दिने निर्माण व्यवस्थापन तालिम संचालनमा ल्याएको छ । बुधवारदेखी संचालनमा आएको तालिम नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ कञ्चनपुरको संयुक्त आयोजनामा संचालनमा आएको हो ।

जिल्लामा रहेका निर्माण व्यसायीहरुलाई उनिहरुको काम गर्ने समयमा पर्ने बाधा अवरोध लगायतलाई सहजता दिनका लागी यो २ दिने तालिमको आयोजना गरिएको निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रशाद भट्टले जानकारी दिनु भयो । निर्माण व्यवसायी साथीहरुलाई काम गर्ने दौरानमा पर्ने बाधा अवरोधहरुलाई कसरी सहज गर्न सकिन्छ, काम दिने कार्यालयका जटिलतालाई विरोधाभासलाई कम गर्नका लागी यो तालिमले निर्माण व्यवसायीहरुलाई सजिलो हुने बताउनु भयो ।

र साथै उहाँले यो तालिम पश्चात निर्माण व्यवसायीहरुले आफनो काम हुने कार्यालय संग समन्वयका पाटोहरु, कार्यालयसंग सहकार्य गरी कामका सर्तहरु बमोजिमका कामहरु गर्न सजिलो हुने र फिल्डमा काम गर्दा कसरी गर्ने ? भन्ने विषयवस्तुमा रहेर तालिमको पनि क्षेत्र रहेको हुँदा आफनो जिवनमा काम गर्न सजिलो बनाउने यो तालिमको लक्ष्य रहेको बताउनु भयो ।

नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामाले अहिले निर्माण व्यवसायीहरु ईतिहासको निकै कठिन मोडमा रहरेको बताउँदै यसको कारण नेपाल सरकार रहेको बताउनु भयो । सरकारले समयमा निर्माण व्यवसायीहरुलाई समयमा भुक्तानी नदिन, ऐनकानुनदेखी लिएर धेरै समस्याहरु लागु भएर नै निर्माण व्यवसायीहरुलाई मर्का परेको बताउनु भयो ।

“हामी निर्माण व्यवसायी साथीहरुको पनि कमीकमजोरी हरु रहेका छन् किन भने, नेपाल सरकारसंग विकास बजेट निकै न्यनु मात्रामा रहेको सन्दर्भमा धेरै नयाँ निर्माण व्यवसायी साथीहरु आउने, त्यो अनुपातमा काम हुन नसक्ने भएको छ” । यही समस्या समाधानको लागी यो तालिमको आयोजना गरिएको र काम गर्न के गर्ने ? कसरी गर्ने ? भन्ने जानकारी प्रदान गर्ने बताउनु भयो ।

अहिले यो तालिम ७७ जिल्लामा दिईरहेको र साथै आफुहरुले गर्ने अधिकारहरु कर्तव्यहरुको पनि सही ठाँउमा प्रयोग गर्ने, निर्माण व्यवसायीहरुलाई काम गर्न सजिलो बनाउने उदेश्य यो तालिमको रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.