महेन्द्रनगर । सुदूरपश्चिममा रहेको जापान कराते डो. कोशिकाई सितोरियो संघ नेपालका खेलाडीहरुलाई विदाई गरिएको छ । कञ्चनपुर जिल्ला खेलकुद विकास समितिको हलमा उक कार्याक्रमको आयोजना गर्दे खेलाडीहरुलाइृ खादा नेपालको झण्डा ओडाएर विदाइृ गरिएको हो ।
भारतको झारखण्डमा तेस्रो अन्तराष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने २७ जना खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै विदाई गरिएको होे । भाद्र १४ गतेदेखी खेल सुरु हुने र खेलाडीहरु भाद्र १३ गते बिहान ७ बजे भारतका लागी प्रश्थान गर्ने जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले जानकारी दिनु भयो ।
विगतमा भएका विभिन्न अन्तराट्रिय खेलमा प्रथम स्थान हासिल गरेका खेलाडीहरुले यो पटक पनि राम्रो तयारी गरेको बताउनु भयो । आफनो रखेलाडीहरुको एउटै मात्रै लक्ष्य भनेकै गोल्ड मेडल जित्ने रहेको र त्यही अनुरुप खेलाडीहरुले पनि तयारी गरेको बताउनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले विगतका दिन झै यो पटक पनि नेपालको नाम उच्च सम्मानको साथमा चिनाउन र बढी भन्दा बढी गोल्ड मेडल जित्ने गरी खेल खेल्न आग्रह गर्नु भयो । उहाँले खेलकुदको माध्यमले नै एक देशको नाम अर्काै देशमा सचानाउन सकिने भएकाले सबैले अनुशासित, आफनो लक्ष्यलाई मनमा राखेर खेल खेल्नुपर्ने बताउनु भयो ।
साथै आफनो कमजोर मनश्तिथी राखेर जानु भयो भने आफैलाई हानी नोक्शानी हुने र मिहिनेतको साथमा लगनशिलताको साथमा खेल खेलेर विजयी भएर फर्किनेमा आफु विश्वस्त रहेको बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी एवम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले खेल खेल्ने बेला उता सिकेका कलाहरु यता पनि प्रयोग गर्ने र आफनो अनुभव साटासाट पनि हुने भएकाले यो खेलकुदले खेलाडीहरुको आफनो व्यक्तित्व विकास खेललाइृ अझै निखार ल्याउनमा मद्धत पुग्ने बताउनु भयो ।
साथै आफनो लक्ष्य अनुरुप खेल खेलेर प्रथम स्थान हासिल गर्न पनि शुभकामना दिनु भयो । जापान कराते डो. कोशिकाई सितोरियो संघ नेपालका क्षेत्रिय सचिव प्रेमबहादुर चन्दले आजको दिन खुशीको दिन भएको र विगतका दिनहरुलार्य हेर्ने हो भने अहिले पनि यो टिमले प्रथम स्थान हासिल गरी देशको नाम उच्च राख्नमा अहम भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
यस्तै, अभिभावक दिपा अवश्थीले आफुलाई धेरै खुशी लागको बताउनु भयो । अन्तराष्टिय स्तरमा आफनो छोराले खेल खेल्न पाउनु भनेको आफु र परिवारको लागी गौरवको विषय भएको र जापान कराते डो. कोशिकाई सितोरियो संघ नेपाललाई धन्यवाद दिन चाहेको बताउनु भयो ।
यस्तै, अफिसियलहरु कराते ग्रान्डमास्टर नेपाल हन्सी अभिषेक सिंह,गुरु,लगायत तीन जनामा टिम म्यानेजर,एक जना टिम कोच पनि भारतमा जानेका भएका छन् । उक्त अन्तर्राष्ट्रिय कराते प्रतियोगिता को म्याच फिक्स गर्न जादा झारखन्ड कराते महासंघ ले नेपाल का कराते ग्रान्डमास्टर हन्सी अभिषेक सिंह,गुरु, लाई एक कार्यक्रमको आयोजना गर्दैे भव्य स्वागत एवम सम्मान पनि गरेको थियो ।
गत बैशाख २९ र ३० गते भारतको जयपुरमा महाराणा प्रताप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमा रहेको जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका २६ जना खेलाडीहरुले स्वर्ण पदक र ५ सिल्भर मेडल जितेर ईतिहास कायम गरेका थिए ।