महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको २ दिने निर्माण व्यवस्थापन तालिम सम्पन्न भएको छ । बुधवारदेखी संचालनमा आएको तालिम विहिवार सम्पन्न भएको हो । नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ कञ्चनपुरको संयुक्त आयोजनामा संचालनमा आएको थियो ।
जिल्ला मा रहेका १ सय जना निर्माण व्यवसायीको सहभागितामा संचालन भएको तालिमबाट नयाँ ज्ञान आर्जन भएको सहभागीहरुले बताउनु भएको छ । तालिममा सहभागी जानाउनु भएका सहभागी निर्माण व्यवसायी संघ कञ्चनपुरका कोषाध्यक्ष दिपक भट्टले निर्माण व्यवसायीहरुलाई फलदायी रहेको बताउनु भयो । उहाँले टेन्डर हाल्दादेखी निर्माण कार्य सम्पन्न गर्ने बेला सम्मका सहजताहरु के के हुन सक्छन त ? भन्ने जानकारी यो तालिमबाट सिकेको बताउनु भयो ।
उहाँले सार्वजनिक खरिद नियमावलीदेखी टेन्डर हाल्ने सम्झौता गर्ने त्यस पश्चात काम कसरी गर्ने ? लगायतका विषयमा छलफल भएको र काम गर्ने दौरानमा आफनो जिवनमा लागु हुने विषयवस्तुहरु माथी व्यापक छलफल भएको बताउनु भयो । जिल्लामा रहेका निर्माण व्यसायीहरुलाई उनिहरुको काम गर्ने समयमा पर्ने बाधा अवरोध लगायतलाई सहजता दिनका लागी यो २ दिने तालिमको आयोजना गरिएको निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रशाद भट्टले जानकारी दिनु भयो ।
निर्माण व्यवसायी साथीहरुलाई काम गर्ने दौरानमा पर्ने बाधा अवरोधहरुलाई कसरी सहज गर्न सकिन्छ, काम दिने कार्यालयका जटिलतालाई विरोधाभासलाई कम गर्नका लागी यो तालिमले निर्माण व्यवसायीहरुलाई सजिलो हुने बताउनु भयो । साथै उहाँले यो तालिम पश्चात निर्माण व्यवसायीहरुले आफनो काम हुने कार्यालय संग समन्वयका पाटोहरु, कार्यालयसंग सहकार्य गरी कामका सर्तहरु बमोजिमका कामहरु गर्न सजिलो हुने र फिल्डमा काम गर्दा कसरी गर्ने ? भन्ने विषयवस्तुमा रहेर तालिमको पनि क्षेत्र रहेको हुँदा आफनो जिवनमा काम गर्न सजिलो बनाउने यो तालिमको लक्ष्य रहेको बताउनु भयो ।