राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कञ्चनपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल शाखा कञ्चनपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विहिवार कञ्चनपुरको महेन्द्रनगरमा रहेको महेन्द्र स्मारकमा गौरा पर्वको शुभकामनाको साथै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सुदूरपश्चिमको महान पर्व गौरा पर्वमा खेलिने देउडा कार्यक्रमको पनि आयोजना गरिएको र नजिकै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समिति सचिव नबिन धामीले यो प्रतिष्ठानले कला संस्कृती नेपालीपनको जेगर्ना संरक्षण गर्दै आएको र अहिले समुदायमा आवस्यक पर्ने योगदान अनुरुप आफनो समाजिक उत्तरदायित्व अन्तरगत आज रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

उपचारमा अहिले रगतको अति आवस्यक पर्ने भएकाले कञ्चनपुर जिल्ला शाखाले गौराको अवसरमा यो कार्यक्रमको आयोजना गरिउको बताउनु भयो । समुदायलाई कला संस्कृतीमा बाँध्नका लागी सबैले हातेमालो गर्ने र यो महान कार्यलाई सफलता तिर लैजान आग्रह गर्नु भयो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल शाखा कञ्चनपुरका अध्यक्ष लालबहादुर धामी अछामी बड्डोले महान पर्व गौराको अवसरमा यो सामाजिक उत्तरदायित्व पुण्य कार्य गरिएको बताउनु भयो । साथै उहााले यो कार्य र यस्तै अन्य कार्यहरु आगामी दिनहरुमा पनि संचालन गर्ने बताउनु भयो ।

साथै उहाँले यो कार्यक्रममा साथ र सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद पनि व्यक्त गर्नु भयो । उक्त कार्यक्रमबाट २७ पिन्ट रगत संकलन भएको भीमदत्त नगरपालिका १५ का वडा सदस्य हरीप्रशाद भट्टले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.