वर्ल्ड भिजन र NNSWA ले निर्माण गरेकोे भवन बिधालयलाइ हस्तान्तरण

 महेन्द्रनगर  | कञ्चनपुर को कृष्णपुर नगरपालिका १ मा रहेको कालिका मा बि मा निर्माण गरिएको २ कोठा भवन हस्तान्तरण गरिएको छ |

शुक्रवार एक भव्य कार्यक्रम को आयोजना गर्र्दै वर्ल्ड भिजन को आर्थिक सहयोग र नेपाल राष्ट्रिय  समाज कल्याण संघ  NNSWA कञ्चनपुर को समन्बय मा उक्त अपाङ मैत्री र भुकम्प प्रतिरोधात्मक भवन को निर्माण गरिएको थियो |कार्यक्रम का प्रमुख अतिथी एबम कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज ओझाले उक्त  कार्यक्रम लाइ सम्बोधन गर्र्दै यो बिधालय मा भवन निर्माण गर्ने  वर्ल्ड भिजन र NNSWA लाइ धन्यवाद ब्यक्त गर्नुभयो |

साथै उहाले भवन भित्र साना साना नानी बाबुहरु लाइ पढाई गराउन को लागी लेखिएका भित्ते लेखन पनि अति उत्कृष्ट रहेको र यो भवन अपांगता मैत्री भूकम्पीय जोखिम पनि नभएको भएर बालबालिका हरु पनि सुरक्षित भएर आफ्नो अध्ययन गर्न सक्ने राम्रो वातावरण रहेको बताउनु भयो |

साथै उहाँ ले भौतिक संरचना मात्रै भएर नहुने त्यस्मा गुणस्तर सिकाइ को पनि आबस्यक्ता रहेको र प्रभावकारी रुपमा सिकाइ हुनुपर्न बताउनु भयो | पालिका ल विगत मा पनि यो बिधालय मा अन्य संरचना बनाउन मा सहयोग गरेकोे र आगामी दिन मा पनि साथ र सहयोग रहने जिकिर गर्नु भयो |

भवन हस्तान्त्रण कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपाल पश्चिम कार्यालय, धनगढीका निमित्त फिल्ड अपरेशन म्यानेजर नारद मलासी विशिष्ठ अतिथिको रुपमा सहभागी हुन भएको थियो । व्यवस्थापक नारद मलासीले वल्र्ड भिजनले जोखिममा परेका बालकालिकाको समृद्धिका लागि समर्पित भएर उनिहरुको संरक्षित, सम्मानित र उत्थानशिलताका लागि काम गरिरहेको बताउनु भयो ।

स्थानिय साँझेदार संस्थाको रुपमा एनएनएस डब्लु ए साँझेदारी गरिरहेको र यो आगामी दिनमा पनि निरन्तर अगाडी बढने कुरा बताउनु भयो । यस क्रममा वहाले वल्र्ड भिजनले निति, लक्ष्य र कार्यक्षेत्रको बारेमा जानकारी दिदै

यस क्षेत्रमा संचालित समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाले लिएको लक्ष्य र उदेश्य परिपूर्तिमा पनि कालिका मा.वि.मा बनेको नवनिर्मित भवनले टेवा पुरयाउने विश्वास व्यक्त गर्दै भवन बन्नु मात्र ठूलो कुरा नभएकोले यस्को उचित स्याहार र संरक्षण गरि बालबालिकाको सिकाई दिगो बनाउन अनुरोध समेत गर्नु भयो ।

NNSWA कञ्चनपुर का समाबेशी गुणस्तरीय शिक्षा , तथा बाल स्पोन्सरशिप  परियोजना का परियोजना संयोजक रामेश्वर जैरुले बालमैत्री शिक्षा मा पहुँच र पढने बानिमा सुधार ल्याउने गरी सेफर परियोजना अन्तरगत यो बालमैत्री ,भुकम्प प्रतिरोधात्मक ,अपाङ मैत्री ,भवन को हस्तान्तरण गरिएको बताउनु भयो |

निर्माण को जिम्मा लिएको शास्वत कंटक्सन ले निर्धारित समय भन्दा अगाडि नै गुणस्तरीय भवन निर्माण गरेकोे र यस्को लागत ३६ लाख २४ हजार २५५ रुपैयाँ मा सम्पन्न भएको जानकारी दिनु भयो |

अभिभाबक ईश्वरी बिश्वकर्मा ले पहिले बालबालिका जस्ताको छानो भएको कोठा मा बसेर गर्मी मा पनि सारै समस्या हुने र बर्शात मा पनि अध्ययन गर्न समस्या हुने गरेकोे ले अहिले यो नया भवन बने पछी आफ्ना नानी बाबु लाइ पढाई गर्न निकै सहजता भएको बताउनु भयो |

सम्बन्धित

Leave A Reply

Your email address will not be published.