महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दिएको स्वरोजगार तालिम लिएपछि अहिले तालिममा सहभागी जनाएकाहरुले पसल खोलेका छन् । पालिकाले कपाल काट्ने तालिम, निशुल्क ड्राईभिङ तालिम र कुक वेटरको तालिम दिएपछि अहिले धेरै सहभागीहरुले आफनै पसल खोलेर कामको थालनी गरेका छन् ।
ति मध्येका एक हुन भीमदत्त नगरपालिका ९ मटेनाका योगेश जोशी उनले अहिले कपाल काट्ने पसल खोलेका छन् । सोमवार उक्त पसलको भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखकले उदघाटन गर्नु भएको छ । पालिकाले १८ दिने कपाल काट्ने तालिम दिएको र अहिले आफुले सिकेको सिपलाई व्यवहारमा लागु गरी काम गर्ने योजनाको साथमा पसल खोलेको योगेश जोशीले बताउनु भयो ।
अहिले युवाहरु नेपालमा काम छैन भनेर विदेशमा काम खोज्न जाने बेलामा आफनै ठाँउमा केही सिप सिकेर देशमै केही गरौ भनेर सानो लगानीमा पसल खोलेको बताउनु भयो । साथै उहाँले अहिले आफुसंग आर्थिक अभाव रहेको बताउँदै पालिकाले केही आर्थिक सहयोग गरेको खण्डमा यसलाई ठुलो बनाएर अगाडी बढने योजना रहेको बताउनु भयो ।
साथै उहाँले आफुलाई १८ दिने कपाल काट्ने तालिम दिएको प्रती पालिकालाई धन्यवाद पनि ज्ञापन गर्नु भयो । उक्त कार्यक्रममा आफनो भनाई राख्दै कार्यवाहक नगर प्रमुख लेखकले तालिमबाट सिकेको सिपलाई आफनो जिवनमा लागु गरेको प्रती योगेश जोशीलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले अहिले सयौ युवाहरु विदेश गईरहेको अवस्थामा योगेशले आफनै गाँउमा केही गर्नु पर्दछ भनेर पसल खोलेर तालिममा सिकेको सिपको प्रयोग गर्नु निकै सराहनिय कार्य रहेको बताउनु भयो ।
आफनो परिवारसंगै बसेर बुढा बुवाआमाहरुको सेवा गर्दै नजिक रहेर काम गर्नु कमाई गर्नु पनि अति नै राम्रो कार्य भएको बताउनु भयो । पालिकाले धेरै जनालाई तालिम दिएको भएपनि केही सहभागीहरु अन्यले पनि विभिन्न पसल खोलेर आफुलाई स्वरोजगार बनाउन सफल भएको बताउनु भयो ।
पालिकाले तालिम लिएका मध्ये जनाले आफनो जिवनमा लागु गरेको छ भनेर तथ्याङ पनि संकलनको कार्य गरिरहेको बताउनु भयो । पालिकाले आगामी दिनमा गर्ने सहयोगका लागी सदैव तयार रहेको पनि उदघोष गर्नु भयो । यसैगरी भीमदत्त नगरपालिकाको रोजगार शाखाका रोजगार संयोजक कृष्ण चन्दले गत आर्थिक वर्षमा पालिकाको आर्थिक सहयोगमा विभिन्न स्वरोजगार मुलक तालिमहरु प्रदान गरेको र अहिले सहभागी जनाएका मध्ये धेरैले आफनो पसल पनि खोलेर काम गरिरहेको बताउनु भयो ।
पालिकाले कपाल काट्ने तालिम, निशुल्क ड्राईभिङ तालिम र कुक वेटरको तालिम दिएपछि अहिले आफुहरुले कतिजनाले सिकेको सिपलाई आफनो व्यवहारिक जिवनमा लागु गरेका छन् भनेर तथ्याङक संकल गरिरहेको बताउनु भयो ।