गड्डाचौकीमा बैतडीका चन्द मृत फेला

महेन्द्रनगर । नेपालको कञ्चनपुरसँग सीमानाका जोडिएको भारतको गड्डाचौकीस्थित ७ नम्बर पिलर नजिकै एक युवकको शव फेला परेको छ।

भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएअनुसार आज मंगलबार दिउँसो बैतडी घर भएका ३४ वर्षीय नरेश चन्दको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बैतडीको मेलौली नगरपालिका(३ घर भएका चन्द भारतीय भूमिमा मृत फेला परेको जानकारी दिए।

उनका अनुसार चन्द २र३ दिन अगाडिमात्रै भारत जान्छु भएर महेन्द्रनगर आएका थिए। तर, उनी आज भारतपट्टी सीमाक्षेत्रमा मृत फेला परेको बताइएको छ।

अहिले भारतीय प्रहरीले उनका आफन्तलाई बोलाएर घटनाको अनुसन्धान थालेको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.