महेन्द्रनगर । दुई दल विच भएको सहकार्य र समन्वयमा कसैले पनि शंका नगर्न गृहमन्त्री रमेश लेखकले बताउनु भएको छ । बुधवार कञ्चनपुरमा रहेको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा कम्युनिष्ट पार्टी एमाले विच असार १७ गते भएको सम्झौता र सहमतीमा आफुहरुले ईमान्दारीता पूर्वक काम गर्ने बताउनु भयो ।
साथै यसको कार्यान्वयमा कसैले पनि शंका उपशंका नगर्न आग्रह गर्नु भयो । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिले एकमतले यो सहमतीलाई कार्यन्वयन गर्ने प्रतिवद्धताको साथमा दुढता व्यक्त गरेको सम्बोधनमा उल्लेख गर्नु भयो । “नेकपा कम्युनिष्ट पार्टी एमालेले पनि यो सहमतीको अर्काे विकल्प नरहेको बताएको छ” उहाँले भन्नुभयो, “यो सहमती किन गरियो भने, पछिल्लो समयमा मुलुकमा देखा परेको सरकारको अश्थिरता, राजनितिक अश्थिरताले मुलुकमा उत्पन्न भएको अन्यौल र अश्थिरता र आम नागरिकमा उत्पन्न भएको निराशा चिन्तालाई समाप्त गरेर मुलुकमा सरकारको स्थायीत्व कायम गर्न यो दुईदल एक भएका हौँ”
उहाँले भन्नु भयो , “साथै भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकमा शुसासन स्थापना गर्न सिथिल भएको अर्थतन्त्रलाई चलायमान गराउन जनतालाई दिनानुदिन प्रवाह गर्नु पर्ने सेवालाई दुर्तगतीमा दिनका निमित्त यो दुईदल एक भएको हो” । “देशमा विकास निर्माणको कामलाई अगाढी बढाउनका लागी र संविधानको अभ्यासको दौरानमा देखिएका सवल र दुर्वल पक्षको पहिचान गरी आवस्यक्ता अनुसार संविधानको संसोधन गरिने पनि आफनो एजेण्डा रहेको छ” मन्त्री लेखकले भन्नुभयो, “कसैले पनि नझस्किन म आग्रह गर्न चाहन्छु,
यो संविधानको स.सोधनको मुद्धा हामीले ल्याएको हो, संघिय लोकतान्त्रिक गणतन्त्रातमक शासक व्यवस्थालाई सुदुढ गर्न र जनताका लागी उपयोगी बनाउनका लागी र हामीले यो संविधानमा गरेको व्यवस्था हामीले ल्याएको समावेशी चरित्रको राज्य स्थापना गर्ने सवाललाई विषयलाइ थप राम्रो बनाउनका लागी ल्याएको हो” मन्त्री लेखकले भन्नु भयो, “राज्य व्यवस्थालाई थप समावेशी बनाउनलाई संविधान ल्याएको हो” साथै उहाँले नेपाल प्रहरीले नागरिकहरुलाई सेवा दिँदा सहजता तवरले सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।