महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको हत्याको छानबिन सुक्ष्म तवरले अगाढी बढीरहेको बताउनु भएको छ । साथै उहाँले आन्दोलनमा घाईते भएकाहरुलाई केही न केही निर्णय गर्ने आश्वासन दिनु भएको छ । निर्मलालाई न्याय दिनका लागी आन्दोलनमा घाईते हुनु भएकाहरुका लागी काठमाण्डौ गएपछि केही न केही सकारात्मक निर्णय गर्ने बताउनु भयो ।
‘अनुसन्धान जारी रहन्छ, सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ, राम्रोसंग अनुसन्धान हुन्छ’ गृहमन्त्री लेखकले भन्नुभयो, गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरण देशको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गर्नु भयोे । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया पन्तको ६ वर्ष अघि २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
पन्तको हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा २२ दिनसम्म आन्दोलन चलेको थियो । निर्मला हत्याका विषयमा प्रहरीले अहिलेसम्म एक हजार भन्दा बढीसँग सोधपुछ र झण्डै एक सय जनाको डिएनए परीक्षण गरिसकेको छ ।
संबिधान संसोधनको विषयमा संचारकर्मीहरुले गरेको विषयमा उहाँले संविधान संसोधन गर्दा सबैको राय सल्लाह लिएर हुने बताउनु भयो । “नेपाली काँग्रेस र नेकपा एमाले मिलेर संविधान संसोधन भईहाल्छ भन्ने होईन, यो विषयमा सबैसंग सरसल्लाह गरेर नै हुन्छ, संविधान जारी भएको समय लगभग १० वर्ष पुगेको र यो १० वर्षमा संविधानलाई पुनरावलोकन गर्ने भनेको छ” मन्त्री लेखकले भन्नुभयो,
“संबिधानमा नै उल्लेख गरिएको छ की यो संविधान जारी भएको १० वर्षपछि आयोगहरुको आवस्यक्ता, औचित्यका बारेमा एक चोटी पुनरावलोकन गर्नु भनेर भनेको छ, र १० वर्षमा यो संविधानका बारेमा समिक्षा गर्नु, पुनरावलोकन हुनु स्वभाविक नै हो” साथै गृहमन्त्री लेखकले वर्तमान गठबन्धन अगामी ०८४ सम्मै जाने बताउनुभएको छ ।
नेपाली काँगेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा एमालेविच भएको गठबन्धन नटुने दावि गर्नु भयो । ‘यो समिकरण अघि बढ्छ, ०८४सम्मै हुन्छ, ‘उनले भने, ‘तर दुईदलविच भएको सहमती अनुरुप नेतृत्व भने परिर्वतन हुन्छ ।’
गृहमन्त्री लेखकले संविधान सबै दलको सहमतीमा मात्रै संशोधन हुने बताए । सहकारी, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी सबै काण्ड कानुन अनुरुप अघि बढ्ने बताए । कञ्चनपुरको हुलाकी सडक निर्माणमा ठेकेदार कम्पनीले लार्पबाही गरेको बताउँदै मन्त्री लेखकले आफु भौतिक पूर्वाधारमन्त्री भएका बेला शिलान्यास गरेपनि हालसम्म निर्माणमा ढिलासुस्ती गरेकोमा चिन्ता व्यक्त गरेका छन ।