कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रीय दिवस सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रीय दिवस भव्यताका साथ मनाईएको छ । जिल्लामा रहेका सम्बन्धित क्षेत्रमा कार्यरत संघसंस्थाहरु मिलेर प्रभात फेरीको आयोजना गरिएको हो ।

“तिनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखन विरुद्ध सबैको ऐक्यवद्यता” भन्ने मुल नाराको साथमा कार्यक्रमको आयोजना गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय कंञ्चनपुर र जिल्ला समवन्य समिति कंञ्चनपुरको आयोजनामा जिल्लाका मानव बेचबिखन विरुद्ध कार्यरत संघ संस्थाहरुको सहकार्यमा महेन्द्रनगर बजारमा प्रभात फेरीको आयोजना गरिएको थियो ।

उक्त प्रभात फेरी कार्यक्रम जिल्ला समन्वय समितिको हलमा पुगेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।सोही दिवसको अवसरमा बसपार्क क्षेत्रमा लामो समय देखि मानव बेचबिखन विरुद्ध कार्य गरिरहेको संस्था साना हातहरु नेपालले मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।

बसपार्कमा रहेको अस्थाई प्रहरी बिट संगको सहकार्यमा यातायातकर्मीहरु बिच मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम र सचेतना मुलुक पम्प्लेट तथा स्टिकरहरु गाडी र अटोमा टाँसिएको साना हातहरु नेपालका अध्यक्ष सन्तोष सुनामले जानकारी दिनुभयो ।

गत वर्षमा पनि साना हातहरु नेपालले यही दिवसलाई लक्षित गर्दै विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न गरेको उहाँले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.