ब्यास हुँदै चार वर्षपछि नेपालका ३७ व्यापारी पुगे ताक्लाकोट

हेन्द्रनगर । चीनसितको उत्तरी सीमावर्ती बजार ताक्लाकोट बजारमा स्थानीय ३७ व्यापारी अघिल्लो साता पुगेका छन् । चार वर्षपछि उनीहरु व्यापार गर्नका लागि ताक्लाकोट बजार पुगेका हुन् ।

भदौको १२ गते २१ पुरुष र १६ जना महिना सामानसहित ताक्लाकोट बजारका लागि ब्यासबाट हिँडेको जिल्ला प्रशासनले जनाएको छ । परम्पारगत रुपमा ताक्लाकोट बजारमा व्यापार गर्दै आएका व्यासका स्थानीय व्यापारीहरु उता गएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

उनीहरुले भारी बोक्न ३३ घोडा, ९८ खच्चर र १९ चौरीगाईरझुपु साथमा लगेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरु बन्दोवस्तीका सामानसहित व्यापार गर्न ताक्लाकोट गएका हुन् । कोरोना कालदेखि बन्द रहेको टिंकर नाका खुला भएसँगै पहिलो पटक २०८१ साउन ४ गते व्यास गाउँपालिका–१ छाङ्गरु र टिंकरका २७ जना व्यापारी ताक्लाकोट गएका थिए ।

यस्तै व्यापार व्यवसायका लागि १६ क्विन्टल ८० किलोग्राम गुड, २५ क्विन्टल मिश्री, ४२ पेटी सलाई, फापरको पिठो ४ क्विन्टल ४० किलोग्राम र बन्दोवस्तीका भाँडाकुडा लगेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.