हस्त लेखन प्रतियोगिताको प्रावी तहमा महाकाली मोडर्न पब्लिक स्कुल प्रथम

महेन्द्रनगर । कञ्चनपुरमा हस्त लेखन प्रतियोगिता सम्पन्न भएको छ । एन प्याब्सन भिमदत्त नगर कमिटीको आयोजनामा हस्त लेखन प्रतियोगिता शनिवार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

एन प्याबसन नगर अध्यक्ष दिजराज भट्टका अनुसार उक्त हस्त लेखन प्रतियोगितामा प्रावी तह क्षेत्रमा प्रथम स्थान हासिल गर्न सफल महाकाली मोडर्न पब्लिक सेकेन्डरी विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा आरभी कुँवर रहेकी छन भने,दोस्रो हुनेमा ज्ञानदिप विधा मन्दिर कक्षा ३ मा अध्ययनरत छात्रा ज्ञानभी गुप्ता, तेस्रो ग्वाल्लेक नवकिरण कक्षा ५ मा अध्ययनरत छात्रा तनुष्का सिंह रहेकी छन् ।

यसैगरी, निमावी तहमा प्रथम स्थान हासिल गर्न सफल ज्ञानदिप विधा मन्दिरमा कक्षा ८ अध्ययनरत छात्रा आरोषी नाथ योगी रहेकी छन् । दोस्रो स्थानमा महाकाली मोडर्न पब्लिक सेकेन्डरी विद्यालय कक्षा ८ अध्ययनरत छात्र शिरिष ओझा, तेस्रंो स्थानमा महाकाली मोडर्न पब्लिक सेकेन्डरी कै कक्षा ६ मा अध्ययनरत छात्रा रोशिका सावद रहेको एन प्याबसन नगर अध्यक्ष भट्टले जानकारी दिनुभएको छ ।

यसैगरी, मावी तहमा प्रथम स्थान हासिल गर्न सफल लिटिल बुद्ध एकेडेमी कक्षा १० मा अध्ययनरत छात्र प्रियान्जल चन्द, दोस्रो युनाईटेड पब्लिक एकेडेमी कक्षा ९ मा अध्ययनरत छाात्रा पुर्णिमा ढाँट, तेस्रो युनाईटेड पब्लिक एकेडेमी कक्षा ९ मा अध्ययनरत छात्रा समृद्धी ऐरी रहेका छन् ।

एन प्यावसन भीमदत्त नगर कमिटीले भीमदत्त नगरपालिका अन्तरगत रहेका संस्थागत विद्यालयमा अध्ययन गर्ने विधार्थीहरुको सर्वाङगिण विकासका निमित्त समयसमयमा विभिन्न कार्यक्रमको अयोजना गर्दै आएको एन प्याबसन नगर अध्यक्ष भट्टले बताउनु भयो ।

साथै आगामी दिनहरुमा पनि यस्तै क्षमता वृद्धी र विकास हुने र गर्ने खालका कार्यक्रमहरुको आयोजना गरिने पनि बताउनु भयो । उत्कृष्ट विधार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरि उनिहरुको हौसला र क्षमतालाई अझै अगाडी बढाउनका लागी सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उक्त हस्त लेखन कार्यक्रमको सभापतीमा एन प्याबसन नगर अध्यक्ष दिजराज भट्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा एन प्यावसन केन्द्रिय उपाध्यक्ष श्यामसिंह मौनी बिशिष्ट अतिथीमा एन प्याबसन प्रदेश सचिव विरबहादुर चन्द, शान्ती आधारभुत विद्यालयका प्रधानाध्यापक उत्तम विष्ट, निवर्तमान एन प्यावसन नगर अध्यक्ष दिपक बहादुर चन्द, शिखर एकेडेमीका प्रअ बंसिधर जोशी, लगायत विभिन्न विद्यालयका प्रअ शिक्षक शिक्षिकाहरु विधार्थीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.