समाजसेवी विनय प्रकाश मल्लद्वारा क्यान्सर पिडित र महिला समुहलाई ६७ हजार ५ सय सहयोग

महेन्द्रनगर । समाजसेवी विनय प्रकाश मल्लले आफनो बुवाको पुण्य तिथीको अवसरमा विभिन्न सामाजिक क्षेत्रमा नगद सहयोग गर्नु भएको छ ।

आज भन्दा २१ बर्ष पहिले हरितालीका तिजको दिन हृदयघात बाट देहान्त हुनु भएका आफना स्वर्गिय खडक बहादुर मल्लको २२ औं पुण्य तिथीको अवसरमा सामाजिक कार्यमा नगद ६७ हजार ५ सय सहयोग हस्तान्तरण गर्नु भएको छ । बुवाको आत्माको चिरशान्तीको कामना गर्दै युवा समाजसेवी बीनय प्रकाश मल्ल स्वास्थ्यमा समस्यामा भएका विरामी, विभिन्न समुदायमा आवश्यक सामग्री खरीद गर्न सहयोग गर्नु भएको हो ।

डडेल्धुरा अमरगढी नगरपालिका ।१ मालम लाई स्थानीयबासी ललीत तमोली मार्फत डी.जे खरीद गर्न रु ३७ हजार ५ सय, डडेल्धुरा अमरगढी नगरपालिका ८ मा रहेको महिला समुहलाई आवश्यक सामग्री खरीद गर्न स्थानीयबासी मंगला ओझा मार्फत रु २० हजार सहयोग गर्नु भएको छ ।

यसैगरी, आलिताल गाउँपालिका वडा नं २ कमलपुर डडेल्धुराकी क्यान्सर पिडित जसु थापामगरलाई विष्णु थापा मगर मार्फत रु।५ हजार र अजयमेरु गाउपालिका बडा न ५ निनाली डडेल्धुराकी क्यान्सर पिडित हिरादेबि पाललाई बिनोद पाल मार्फत रु५ हजार सहयोग गर्नु भएको छ ।

यो सहयोग पाएपछि स्थानियहरुले समाजसेवी विनय प्रकाश मल्ललाई धन्यवाद व्यक्त गरेका छन् । क्यान्सर पिडित हिरादेवी पालले आफुलाई समाजसेवी मल्लले गरेको यो सहयोग कहिले पनि नभुल्ने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.