महेन्द्रनगर । जिल्ला विकास समिति महासंघका पूर्व सभापती आचार्य ऋषिराज लुम्सालीलाई सम्मान गरिएको छ । नेपाली लेखक संघ कञ्चनपुरले नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा उहाँलाई सम्मान गरिएको हो ।
प्रगतीशील साहित्य एवं ऐतिहासिक, राजनितिक लेखनबाट चार दशकअघि प्रारम्भ भएको सिर्जनात्मक यात्रा देश दर्पण कविता संग्रह २०४६ हुँदै पूर्वीयदर्शनको अध्ययन चिन्तन विभिन्न उपनिषद्हरु को नेपाली पद्यानुवलगायत एक दर्जन भन्दा बढी ग्रन्थहरुको लेखन, सम्पादन, प्रकाशन कुटि याङदि जस्ता दैनिक पत्रिका प्रकाशन, पुस्तकालय, शुक्लाफाँटा संचारगृह र विभिन्न शैक्षिक संस्था स्थापनामा महत्वपुर्ण बहुआयमिक भूमिका निर्वाह गरेको मा यो सम्मान पत्र प्रदान गरिएको उक्त सम्मान पत्रमा उल्लेख गरिएको छ ।
साथै, नेपाली वाङ्मयको श्रिवुद्धिमा यहाँले पुय्राउनु भएको विशिष्ट योगदानको उच्च मुल्याङकन गर्दै यहाँको सुस्वास्थ्य एवं सुखद दिर्घजिवनको कामना गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । नेपाली लेखक संघ कञ्चनपुरले अन्य ८ जनालाई पनि सम्मान गरेको थियो ।
उक्त कार्यक्रमको सभाध्यक्षमा श्याम सुन्दर ढकाल, प्रमुख अतिथिमा पूर्व राज्य मन्त्री चन्द्र सिह भट्टराई, बिशिष्ट अतिथिमा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, रामलाल जोशी, चन्द्र तिवारी रहनु भएको थियो भने, कार्यक्र संचालन तुलसी पण्डितले गर्नु भएको थियो ।