जिसस कञ्चनपुरको नवौैं जिल्ला सभा सम्पन्न

महेन्द्रनगर । जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरको नवौैं जिल्ला सभा बुधवार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा जिल्ला सभा सम्पन्न भएको हो । कार्यक्रममा कञ्चनपुर जिल्लामा रहेका नौ वटै स्थानिय तहका प्रमुख उप प्रमुख अध्यक्ष, उपाध्यक्ष सहितहरुको उपस्थिती रहेको थियो ।

उक्त सभामा आफनो भनाई राख्ने क्रममा जिल्लामा सबै पालिका अहिले डुवान, बाढीको चपेटामा पर्ने गरेको र यसको समाधानका लागी दिगो रुपमा योजनाहहरु बनाउन आवस्यक रहेको नगर प्रमुख, उपप्रमुख, गाँउपालिका अध्यक्ष, उपाध्यक्षहरुको जोड रहेको थियो ।

यो वर्ष आएको वर्षातले सबै पालिकामा क्षती गरेको र आगामी दिनहरुमा उक्त वर्षात बाट जोगिन र क्षतीलाई कम हुने खालको योजनाहरु बनाईनु पर्ने सहभागीहरुले बताउनु भएको छ । साथै सहभागी जनप्रतिनिधीहरुले जिल्लामा रहेका गौरबका योजनाहरु दैजी औद्योगिक क्षेत्र, मझगाँउ विमानस्थल, बेलौरी सडक लगायतका योजनाहरुलाई यथासिघ्र संचालनमा ल्याउनका लागी पहल गरिनु पर्ने बताए ।

यो कार्यलाई सफल बनाउनका लागी समन्वय, सहजीकरण गर्न, स्थानीय तह, प्रदेश र संघीय सरकारसँग जिसस कञ्चनपुरले अहम भुमिका खेल्ने सहभागीहरुले बताए । उक्त सभामा सहभागिता जनाउनु भएका जनप्रतिनिधीहरुले भारतको सिममा रहेका सम्भावना भएका क्षेत्रहरुमा छोटी भन्सार कार्यालय स्थापना हुनुपर्ने, शुक्लाफाँटा आरुक्ष पिडितहरुको समस्या समाधान हुनुपर्ने, जिल्लाको सिमा निर्धारण गरिनु पर्ने लगायतका माग अघि सारेका छन् ।

कार्यक्रमका सभाध्यक्ष एवम जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले जिल्लामा भएका सम्पुर्ण समस्या र विकासका पक्षमा वृहत छलफल भएको र प्रदेश, संघ सरकार, स्थानिय सरकारका प्राथमिताका विषयमा छलफल भएको बताउनु भयो । उठेको विषयवस्तुमा सरकारसंग अनुरोध गर्ने, अग्रसरतामा काम गर्ने बाढी पडितलाई राहत वितरणमा समस्या सिमामा समस्या, भएकाले सबै समस्यालाई प्राथमिकतामा राखेर त्यसको समाधान गरी काम गर्नुपर्ने बताउनु भयो ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले आफनो पालिकामा धेरै अन्य समस्या रहेपनि अहिले सिमा विवाद पनि रहेको बताउनु भयो । कृष्णपुरको केही भुभाग कैलालीमा पर्ने केही भाग शुक्लाफाँटा नगरपालिकामा पर्ने देखिएकाले आफुहरुको सिमा विवाद पनि हटाउनु पर्ने बताउनु भयो । बेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले अपाङ ग्राम निर्माण गरियो भने अपाङगता भएका व्यक्तीहरुलाई सुरक्षा पनि हुने , उनिहरुले प्रयोग गर्ने सहायक सामग्रीहरु हामी आफै दिन सक्ने अवस्थामा आफैलाइृ सजिलो र उत्कृष्ट काम हुने बताउनु भयो ।

भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले सामुदायिक पशु चौपायको व्यवस्थापनमा निकै ठुलो चुनौती रहेको र यसलाई व्यवस्थापन गर्नमा पनि सबैले चासो देखाउनु पर्ने बताउनु भयो । यसैगरी दोधारचादनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले शुक्लफाँटा िनकुञ्जको आफनो जग्गा क्षेत्र छुट्याइनु पर्ने बताउनु भयो ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले शुक्लाफाँटा आरक्ष पिडितहरुको मागलाई सम्बोधन हुने गरी उनिहरुको सुरक्षा लगायतका विषयमा छलफल हुनुपर्ने बताउनु भयो । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले पालिकामा रहेका नदीहरुले स्थानियहरुलाई पिडा दिएको भएर त्यसको योजना बनाएर काम गरियो भने स्थानियहरुलाई सहज हुने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.