महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ मा रहेको ईको पार्कको सौन्दर्यतालाई बढाउन र संरक्षण गर्न विभिन्न कार्यक्रमको आयोजना भईरहेका छन् । उक्त पार्कको सुरक्षाका लागी तारबार लगाउने वृक्षारोपण गर्ने लगायतका कार्यहरु भईरहेका हुन् । शनिवार पनि मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले उक्त ईको पार्कमा विभिन्न प्रजातीका १ सय बढी विरुवाहरु रोपण गरेको होे ।
अहिले उक्त पार्कमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर भीमदत्त नगरपालिका, वडा नम्वर १८ को कार्यालय लगायतको समन्वय र सहयोगमा पार्कमा वृक्षारेपण गर्ने कार्यक्रम संचालनमा आएको छ । सोही कार्यक्रमलाई लक्षित गर्दै विभिन्न संघसंस्थाहरुले अहिले उक्त पार्कमा वृक्षारोपण गरिरहेका छन् । मन्त्र अस्पताललले आफना कर्मचारीहरु ल्याएर उक्त वृक्षारोपण कार्यक्रम गरिएको थियो ।
ईको पार्कको सौन्दर्यता बढाउन र यसको सुरक्षा रसंरक्षण गर्न विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा काम भईरहेको भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले जानकारी दिनुभयो ।आज मन्त्र अस्पतालले यो क्षेत्रमा आएर गरेको वृक्षारोपणले अन्य संघसंस्था तथा कार्यालयहरुलाई पनि वृक्षारोपण गर्नु पर्छ भन्ने सिकाउने बताउनु भयो ।
वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनका लागी विभीन्न संघसंस्थाहरु कार्यालय संग पनि समन्वय भएको बताउनु भयो । प्राकृतिक रुपमा पनि सुन्दर रहेको यो ईकोपार्कको संरक्षण सम्बद्र्धन गर्न सबै स्थानियहरुले पनि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । साथै पर्यटकिय सम्भावना बोकेको यो पार्कको उचित रुपमा संरक्षण गरेर यसको सौन्दर्यतामा पनि ध्यान दिएर काम गर्न सके यसबाट हुने सबैलाई फाईदा पुग्ने वार्ड अध्यक्ष देकोटाको भनाई रहेको छ ।
सबैभन्दा ठुलो भुमिका नै स्थानिय नगरवासीहरुको हुने भएकाले यस्मा चासोको रुपमा हेरिनु पर्ने बताउनु भयो । इको पार्क संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन समितिका अध्यक्ष बिमल खडायतले मन्त्र अस्पतालले गरेको यो कार्य सम्मानीत योग्य रहेको बताउनु भयो । उहाँका अनुसार विगतमा पनि अस्पतालले यो पार्कको संरक्षण सम्वद्र्धन गर्नका लागी अहम भुमिका निर्वाह गरेको बताउनु भयो ।
विगतमा अस्पतालले पार्कमा सरसफाई कार्यक्रम गरेको र अहिलले पनि आफनो समाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रम गर्न सफल भएको बताउनु भयो । साथै उहाँले मन्त्र अस्पताललाइ धन्यवाद व्यक्त गर्नुभयो । मन्त्र अस्पतालका मेडिकल डाइरेक्टर डा. गोविन्द रोकायले विगतमा पनि यो पार्कको संरक्षण सम्वद्र्धनमा मन्त्र अस्पतालले विभिन्न समयमा सरसफाई लगायतका कामहरु गरेको बताउनु भयो ।
अहिले पनि आफनो सामाजिक उत्तरदायित्व कार्य अन्तरगत ईको पार्कमा वृक्षारोपण गरिएको बताउनु भयो । अहिले फुलहरु, कागती लगायतका विरुवाहरु रोपण गरिएको र यसलाई संरक्षण गरेर यसको सौन्दर्यतालाई बढाएर पार्कमा आउनु हुने सबैको स्वास्थ्यलाई राम्रो बनाउनमा सबैको महत्वपुर्ण दायित्व रहने बताउनु भयो ।