दार्चुला जीप दुर्घटनाः मृत्यु हुने ८ जनाकै सनाखत

महेन्द्रनगर | दार्चुलामा जीप दुर्घटना हुँदा   जनाको मृत्यु भएको भने अन्य पाँच जना घाइते भएका छन्। मृत्यु हुने जनाकै सनाखत भएकोदार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।


मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी का १५ वर्षीय सञ्जीव बोहरा छन्।

यसैगरी भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर गोकुलेका ३५ वर्षीया मीना लेखक डिलासैनी गाउँपालिका का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी का उत्तम रोकाया, शैल्यशिखर का सन्दीप रावलसोही स्थानका प्रकाश रावल मालिकार्जुन गाउँपालिका निवासी   जीप चालक सुनिल जोशी घाइते भएका छन्।

मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान बजे शैल्यशिखर नगरपालिका मा पर्नेसिराडको खोलामा दुर्घटना भएको हो।

सम्बन्धित

Comments are closed.