हात्ती संगै गित, गजल अनी कविता वाचन गर्दै शुक्लाफाँटा अन्तराष्ट्रिय काव्यगोष्ठी २०८१ सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा शुक्लाफाँटा अन्तराष्ट्रिय काव्यगोष्ठी २०८१ सम्पन्न गरिएको छ । भीमदत्त नगरपालिका १३ मा रहेको हात्तीसारमा मानसखण्ड फाउन्डेसन कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विषेश गरेर पर्यटन प्रवर्धन गर्नका लागी उक्त शुक्लाफाँटा अन्तराष्ट्रिय काव्यगोष्ठी २०८१ को आयोजन गरिएको थियो ।

सुदूरपश्चिम, कर्णाली प्रदेश, बाग्मती प्रदेश र भारतका विभिन्न जिल्ला क्षेत्रबाट उक्त काव्यगोष्ठीमा भाग लिन विभिन्न साहित्यकारहरु व्यक्तित्वहरुले सहभागिता जनाएका थिए । भारतको लखनउ, पिथौरागढ, झारखण्ड लगायतका क्षेत्रबाट सहभागीता जनाइएको थियो ।

सुदूरपश्चिममा रहेका विभिन्न पर्यटकिय क्षेत्रहरुको गित, गजल, कविता मार्फत आम जनसमुदायमा प्रदान गर्ने र अन्य देशबाट आउनु भएका पाहुनाहरुलाई पनि आफनो कला संस्कृती, रहनसहनको जानकारी दिनका लागी पनि यो कार्यक्रमको आयोजना गरिएको मानसखण्ड फाउन्डेसन कञ्चनपुरका अध्यक्ष नारा जोशीले बताउनु भयो ।

साहित्यको स्तरउन्नती गर्नु पहिलो उदेश्य अनुरुप मित्र राष्ट्र बाट आउनु भएका पाहुनाहरुलाई साहित्यकारहरुलाई पर्यटकिय अवस्थाको जानकारी यहाँको पर्यावरणिय, वातावराण, लगायतको आवलोकन गराउने पनि रहेको बताउनु भयो ।

साथै उहाँहरुले आफनो क्षेत्रमा फर्किएर जाँदा यहाँको सौन्दर्यताको भौगोलिक वातावरणको बर्णन गरुन भनेर पनि हामीले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । यसैगरी, आयोजक संस्थाका सचिव हेमबाबु लेखकले शुक्लाफाँटा जस्तो आकर्षणको केन्द्र विन्दुलाई देश विदेशमा चिनाउन र यहाँको पर्यटकिय क्षेत्रहरुको अझै बढी पहिचान दिलाउनका लागी काव्य गोष्ठीको आयोजना गरिएको बताउनु भयो ।

भारतको पिथौरागढका डा. पिताम्वर अवश्थीले आफनो पहिचान रितिरिवाज देखाउन र यताको पर्यटकिय क्षेत्रको अवलोकन गरे आफनो ठाँउमा गएर प्रचार प्रसार गर्ने हेतु आफु यो कार्यक्रममा आएको बताउनु भयो ।

दुई देशको पर्यटकिय क्षेत्रहरुको अनुभव पनि साटासाट हुने र सौन्दर्यहरुको वर्णन, जनावरहरुको जानकारी लिएपछि आफनो गिन, गजल, कविता अन्य माध्यमबाट पनि यसको थप प्रचार प्रसार हुनेमा आफु खुसी भएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.