महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थानीय सरकारले अवैध सरचना नभत्काएको भन्दै नगरविकास समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । भीमदत्त नगरपालिका मातहत रहेको नगर विकास समितिको कार्यालयमा युवा विद्यार्थीले तालाबन्दी गरेका हुन ।
कञ्चनपुरमा सरकारी जमिन अतिक्रमण बिरुद्धमा आन्दोलन गर्दै आएका विभिन्न राजनीतिक दलका युवा विद्यार्थीले नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरेका हुन ।नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सिके भट्टले बाँकी अवैध सरचना भत्काउन दवाव दिने उदेश्यका साथ नगर विकास समितिको कार्यालयमा तालाबन्दी गरेको बताए ।
उनले अहिले मन परेका आफन्तका घर सरचनाको चाबी लिने अन्य दल मन नपरेका मान्छेको सरचना भत्काउने काम गरेको भन्दै नविसमा तालाबन्दी गरेको बताए । ‘भीमदत्त नगरपालिका स्थानीय सरकारले सबै अवैध सरचना भत्काउन शुरु नगर्दासम्म तालाबन्दी यथावत रहन्छ, ‘उनले भने, ‘पालिका सरकारले हामी युवा विद्यार्थीको भावनामा खेलवार्ड गर्नु हुँदैन ।’
गत कार्तिकदेखि कञ्चनपुरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा बहुमत, बैद्य, राप्रपा, रास्वपा,काँग्रेस निकट एक नेवि संघ सहितका युवा, विद्यार्थी अतिक्रमण बिरुद्धमा आन्दोलनमा होमिएका थिए । गत साता केशब आश्रम, नयाँ अभिमत साप्ताहित पत्रिकाको भवन भत्काएर पालिकाले अन्य अवैध सरचना भत्काउन आनाकानी गरेको भन्दै युवा विद्यार्थी थप आक्र्रोसित भएका छन् ।
युवा विद्यार्थीले भू माफियाको चुङगोलमा सरकारी जमिन परेको भन्दै सरकारी जमिनमा बनेका अवैध सरचनामा बजेट दिने सांसद,मन्त्री कर्मचारीहरुमाथि समेत छानबिन गरेर कार्बाहीको माग पनि अघि सार्दै आएका छन् । भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थीले क्रमिक रुपमा सबै अवैध सरचना भत्काउने काम जारी रहने बताए ।
Comments are closed.