महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई भव्यताको साथमा मनाउने भएको छ । मंसिर १० गतेदेखी उक्त अभियानको सुरुवात हुने भएको छ । आईतवार सम्बन्धित क्षेत्रमा कार्यरत गैर सरकारी संघसंस्थाहरु संग पालिकाले छलफल गरेको छ ।
भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको अध्यक्षता र नगर प्रमुख पदम बोगटीको प्रमुख अतिथीमा कार्यक्रम संचालन गरिएको थियो । १६ दिनभित्र विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरिने भएको छ ।
महिला हिँसा न्युनिकरण सम्बन्धि अभिमुखीकरण, सरोकारवाला निकायको क्षमता अभिवृद्धी, मावी स्तरिय छात्रछात्राहरु विच वक्तृत्व कला प्रतियोगिता, वडा, विद्यालय, समुदायमा आमा समुहमा महिलाहरु विच विभिन् जनचेतना मुलक कार्यक्रम गरिने नगर उपप्रमुख लेखकले जानकारी दिनुभयो ।
साथै, अन्तिम दिन मंसिर २५ गते आयोजना गरिएका कार्यक्रमहरुको समिक्षासहित समापन गरिने छ । यो अभियानलाई हरेक २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३१ वर्षभइसकेको छ ।
महिला माथि हुने हिंसा मानव अधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोही अनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो ।
यो अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म समुदाय स्तरदेखि स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ । नेपालमा २०५४ मा नारी दिवसको अवसर पारेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन थालिएको छ ।
Comments are closed.