महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा रामलिला महोत्सव २०८१ कोे आयोजना हुने भएको छ । वेदकोट नगरपालिका ८ गैलनदी वडा कार्यालय नजिक मंसिर ५ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आथित्यमा उद्घाटन हुने भएको हो ।
१८ गतेसम्म उक्त रामलिला महोत्सवको आयोजना हुने भएको छ । सोमवार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जिवनमा आधारित रामलिला महोत्सव ०८१ संचालन हुने जानकारी आयोजकले दिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी एवम बैजनाथ सिद्धनाथ रामलिला समिति गैलनदीका मुख्य सरक्षक एव बेदकोट नगरकी उपप्रमुख तुलसी जोशीले समाज सुधारका लागि आध्यात्मिक तरिका आवश्यक रहेको बताईन । उनले समाजलाई आध्यात्मिक विषयमा जोड्दै समाजिक विकृती हटाएर समुन्नत समाज निर्माणमा भूमिका निर्वाह गरिने बताईन । उपप्रमुख जोशीले आफुले रामलिला सम्पन्न गर्नका लागि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने प्रण गरेकी छिन ।
बैजनाथ सिद्धनाथ रामलिला समितिका संयोजक एव बेदकोट ८ का वडाध्यक्ष महेशराज जोशीले पहिलो पटक गैलनदी गाँउमा रामलिला संचालन गर्न लागिएको बताए । उनका अनुसार यस अघि सुडामा ०५४ र ०७० तिर रामलिला संचालन भएपनि स्थानीय तह पुर्नसरचनासंगै पहिलो पटक बेदकोट नगरकै रामलिला गैलनदीमा संचालन हुन लागेको बताए ।
बेदकोट ८ कै उत्तरी क्षेत्र जेष्ठ नागरिक बाल धार्मिक वनको बृद्धि विकासका लागि, नैतिक शिक्षा, रामजस्तै आर्दश पुरुषको विकास गर्न, सामुहिक सद्भाव, भाईचारा भावनाका लागि रामलिला संचालन गर्न लागेको बताए । ‘हाम्रो बेदकोट नगर उस्तैपनि धार्मिक पर्यटकीय क्षेत्र भएको नगरपालिका हो, ‘उनले भने, ‘धार्मिक पर्यटन प्रर्बद्धनका लागि हामीले महोत्सव पनि संचालन गर्न लागेका हौैँ ।’
उनले रामजानकी विवाह पञ्चमीकै दिनदेखि शुरुवात हुने रामलिलाको गृहमन्त्री रमेश लेखकको प्रमुख आथित्यमा उद्घाटन हुनेछ । निङलाशैनी जगन्नाथ रामलिला समितिका सह संयोजक भावनदेव भट्टले ०७०सालमा बेदकोट नगरकै सुडामा संचालन भएको रामलिलाबाटै अनुशरण गरेर ०७१देखि गोबरैयामा निरन्तर संचालन गरिरहेको बताए ।
आफुहरुले यस पटक बेदकोट नगरको गैलनदीमा संचालन हुने रामलिला प्रभावकारी बनाउने उद्घोष गरेका छन । निङलाशैनी जगन्नाथ रामलिला समितिका सचिव पदमराज भट्टले समाजको विकाससंगै आध्यात्मिक विकासको खाचो रहेको बताए ।
उनले रामलिलाको माध्यामबाट समाज सुधारका कार्यक्रम संचालन गरिने बताए । पहिलो पटक गाँउमै रामलिला संचालन हुन लागेपछि स्थानीय समेत हर्षित भएका छन ।
Comments are closed.